‘प्रमाणित गर्नुस्, आजै राजीनमा दिन्छु’

डाँडापारि संवाददाता
डाँडापारि संवाददाता २४ भाद्र २०७७, बुधबार १४:४५

खानीखोला गाउँपालिकाको कार्यालय ताल्ढुंगा पुग्दा गाउँपालिकाका अध्यक्ष कृष्ण खुलाल टेलिफोनमा व्यस्त थिए । उनी टेलिफोनमा गफिँदै हामी उनको कार्यकक्ष पस्यौँ । हामी कार्यकक्ष पसेको केही समयमा उनले फोन राखे । सुरुमा केही समय हामीले खानीखोलाको विकास निर्माण र उनको हालसम्मका अनुभवका सन्दर्भमा अनौपचारिक कुराकानी ग¥यौँ । यहीबीचमा हामीले उनलाई औपचारिक अन्तर्वार्ताको लागि प्रस्ताव ग¥यौँ, उनी तयार बने । अध्यक्ष खुलालसँग डाँडापारि सन्देश साप्ताहिकका प्रधान सम्पादक बुद्ध लोप्चन र उप– सम्पादक इकमान लामाले गरेको कुराकानी यहाँ प्रस्तुतु छ ।

हामीलाई अन्तर्वार्ताका क्रममा तत्कालीन एमालेको तर्फबाट यो गाउँपालिकाका इन्चार्ज रहनुभएका शेखर लामाजीले तपाईले खानीखोलामा बेथितिको नेतृत्व गरिरहेको आरोप लगाउनुभयो, यसबारे के भन्नुहुन्छ ?
मलाई जहाँसम्म लाग्छ, यो आफैँमा रोदन हो । शेखरजीको हेर्ने दृष्ट्रिकोण एकदमै फरक छ । हिजो आफू जनप्रतिनिधि हुँदा के–के गरियो ? कति ठाउँमा बजेट आए पनि केही गरिएन भन्ने कुराको समीक्षा उहाँले गर्न जरुरी छ । म आफू चाहिँ तपाईको पालामा यो भयो वा भएन भन्ने पक्षमा छैन । त्यतिबेला कुन–कुन काममा हात हाल्दा बिग्रियो भन्ने उहाँहरुले बुझ्नुपर्छ । कतिपय योजना सम्झौता गरेर काम गर्न नजाँदा पनि फ्रिज भएको थियो । यो पैसा त आइहाल्छ नि भनेर कामै नगर्दा यो ठाउँ नै जोखिममा परेको उहाँहरुको पालाको इतिहास हामीले बिर्सेको छैन ।
कमसेकम अहिले त हामी आएका बजेट सुदृढ ढंगबाट कार्यान्वयनतिर छौँ । तर, केही कमीकमजोरी होला, छ भने औल्याउनुस्, हामी सुधार्छौ । चिया होटलमा बसेर दिएको सुझाव हामी मान्दैनौँ । मैले खानीखोलामा बेथितिको नेतृत्व गरेको आरोप लगाउनेहरुलाई म भन्न चाहन्छु, ‘तपाईहरुको कति जनाको टिम छ, को–को छ पक्ष प्रतिपक्ष क–कसको केके कुराहरु छन्, ल्याउनुस्, छलफल गरौँ हामी कमजोरी सुधार्छौ ।’

त्यसो भए गाउँपालिका अध्यक्षको टिकट नपाएर तपाईमाथि यो आरोप लगाएको हो ?
यो पार्टीले दिएको टिकट हो, मैले खोसेर ल्याएको छैन ।

गाउँपालिकाको अध्यक्ष भएपछि त तपाईले सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने होइन ? तर शेखरजीको चित्त त बुझाउन सक्नुभएन नि ?
देब्रे र दाहिने आँखाले हेर्ने र दुवै आँखाले हेर्ने दृष्टिकोण फरक हुन्छ । नकारात्मक दृष्ट्रिकोणबाट हेर्ने उहाँ (शेखर लामा) को बानी छ, त्यसले अन्तत : उहाँलाई नै घाटा भएको छ ।

तपाईले गाउँपालिकाका हरेक आयोजनामा उपभोक्ता समितिसँग कमिशन माग्ने गर्नुहुन्छ भन्ने आरोप छ नि ?
त्यस्तो भएछ भने म भोलि नै राजीनामा गरिदिन्छु । कसैले मैले गाउँपालिका अध्यक्षलाई यति पैसा दिएको छु वा लिएको छु भन्ने मान्छे मात्रै भएछ भने पनि म भोलि नै राजीनामा गरिदिन्छु ।

त्यतिकै आरोप कसरी लाग्यो ?
आरोप लगाउँदा हुन्छ भनेर हिड्ने मान्छेहरुसँग म धेरै केही भन्दिँन । चिया होटलमा बसेर लगाएको आरोपमाथि मेरो कुनै जवाफ छैन । जिम्मेवार ठाउँमा, प्रमाणसहित कुरा गरेको खण्डमा त्यही छलफल हुन्छ ।

तपाईकै कार्यपालिकाका एकजना वडाध्यक्षले त आफ्नै तलबभत्ताले सडक निर्माण गर्नुभएछ नि ?
वडाध्यक्षहरुलाई म सम्मान पनि गर्छु । उहाँहरुले त्यस्तो अभिव्यक्ति दिनु भनेको आफ्नो खुट्टामा आफैँले बञ्चरो हान्नु जस्तै हो । उहाँहरुको तलब कति छ, भत्ता कति आउँछ,विकास निर्माणमा कति बजेट विनियोजन भएको छ, कहाँ कति काम गर्ने भनेर बजेट लगेको छ भन्ने कुरा मलाई सबै थाहा छ ।

१ नम्बरदेखि ७ नम्बरसम्मका सबै समस्या र बजेट कति चाहिन्छ मलाई सबै थाहा छ ।
विकास निर्माणमा देखिएको समस्या समाधानमा कतिको सक्रियता देखाउनुभएको छ ?
विकास निर्माणका सवालमा विभिन्न ठाउँहरुमा भएको विवाद समाधानमा मैले आफ्नो तर्फबाट भूमिका निभाएको छु । व्यक्तिगत मुनाफामा जाने, व्यक्तिगत फाइदाका लागि विकास निर्माणका कामहरु नै रोक्ने लगायतका कामहरुलाई म धेरै सहनेभित्र पर्दिन । किनभने म यहीँ जन्मेर हुर्केको मान्छे, बाहिरको आएको मान्छे भए पो मलाई डर लाग्नु । शिक्षा, स्वास्थ्य, खानेपानी लगायत्का आधारभूत कुराहरुलाई पूरा गरिन्छ ।

विद्यालयमा गाउँपालिकाका अध्यक्षले पार्टी प्रतिनिधि पठायो भन्ने छ नि ?
योग्यता क्षमता भएका मान्छे विद्यालयमा जान्छन् । सट्टा शिक्षक राख्ने, आफू सहर बजार घुम्ने । शिक्षक संगठनको भेलामा मैले भने, सबै हेडमास्टरको छोराछोरी जति सबै सहर । अहिलेसम्म तीन चार पटक परिक्षा दिनेहरु कहिल्यै पास भएको छैन । सके छोरालाई सट्टा राखेर बुवा घुम्न जाने समस्या छ । यसलाई अन्त्य गर्न हामी शिक्षकको समायोजन गर्दैछौँ । शिक्षक र विद्यार्थीको अनुपात्मा आगामी शैक्षिक सत्रभित्र खानीखोलामा शिक्षक समायोजन हुन्छ ।

शिक्षा समितिको समन्वयमा विद्यालयको कक्षा घटाउने वा शिक्षक बढाउने लगायतका कामहरु हामी अगाडि बढाउँछौँ । भौतिक सुविधाको माग मात्रै हुने, तर शैक्षिक गुणस्तर खस्किरहने कामको अब अन्त्य हुन्छ । शिक्षामा बढेको विकृति र बेथिति अन्त्य गर्ने, वार्षिक रुपमा बढ्दो आर्थिक व्यभार घटाउने हाम्रो लक्ष्य छ ।

शिक्षा क्षेत्रको गुणस्तर सुधार्न कस्ता कार्यक्रम अगाडि बढाउनुभएको छ ?
म शिक्षकबाट नै आएको मान्छे भएकाले शिक्षकको तलबमा मात्रै म ८५ लाख वार्षिक खर्च गर्छु । भौतिक पूर्वाधार निर्माणको सवाल त बेग्लै नै छैन । शिक्षक नभएर पढाई नै भएन भन्ने गुनासो छैन । पार्टीको काम व्यवस्थित भएको छैन, हामीलाई पनि चित्त दुखेको छ । भए पनि नभए पनि जनप्रतिनिधिले व्यहोरेको छ । संगठन भएन, काम भएन लगायत सबै कामको जिम्मा हामीले भोग्नु परेको छ । आधा काम मात्रै पार्टी संगठनले जिम्मा लिएको खण्डमा हामीलाई सजिलो हुन्थ्यो । हामीले गरेको कामको प्रचारप्रसार गर्ने र हामीर्ला दिशा निर्देश गर्ने काम पनि पार्टीले गर्नुपथ्र्यो अहिले भएको छैन ।

तपाई यो गाउँपालिकाको अध्यक्ष भएपछि के–के काम भयो ?
हामीले धेरै काम गरेको छौँ । यस गाउँपालिका प्रमुख भएपछि यातायात, सञ्चार, स्वास्थ्य र शिक्षाको क्षेत्रमा धेरै अन्यौल थियो । जिल्ला, केन्द्रसँग ताक्नु पर्ने यदि उनीहरुले नदिएमा हाहाकार भएर बस्नु पर्ने, कहिले औषधी नपाउने, कहिले बाटो अवरुद्ध भइरहने त्यो खालको अवस्थामा हामीले जितेका थियौ । तर अहिले हामीले शिक्षामा फड्को मारेका छौ । धेरै पक्की भवनहरु बनेको छ । स्वास्थ्यमा ७ वटै वडाहरुमा व्यवस्थित रुपमा स्वस्थ्थ सुविधा पु¥याएका छौ । सुत्केरी अवस्थामा अकाल्मै मृत्यु हुनुबाट जोगाएका छौ ।

त्यसैगरी बाटोको कुरा गर्नु पर्दा सातै वटा वडाहरुमा मोटरसाइकल जस्ता यातायातका साधनहरु सजिलैसँग जान सक्छ । जुन विगतमा थिएन । सञ्चारको कुरा गर्नु पर्दा फोन ठाउँ–ठाउँको डाँडाडाँडामा मात्रै लाग्थ्यो भने अहिले घरघरबाटै फोन लाग्छ । सुतिरहेको ठाउँबाटै फोन लाग्छ । इन्टरनेट सञ्चालनमा आएको छ । यहाँ रहेको नेपाल टेलिकमको टावर २ जिबीलाई अब ३ वा ४ जिबी चल्ने गरी बनाउने बनाउने तयारी गरिरहेको छौँ भने यसको लागि सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटासँग पनि कुराकानी भईसकेको छ ।

मन्त्री ज्युबाट खानीखोला सञ्चारको पहँुचबाट बञ्चित हुदैनन् भन्ने आश्वसान पनि पाएको छु । खानीखोला वडा नं. ५ को असनचुली र वडा नं. ४ को गुम्बाडाँडामा टावर निर्मण कार्य केही समयपछि हुनेछ । यहाँको बैंकको असुविधा थियो अब त्यो पनि केही दिनमा सुचारु हुने गरी काम भइरहेको छ ।

एसबिआई बैंकको लागि डेकोरेशनको काम सकिसकेको छ । आउँदो दिनमा धुलिखेलमा चेक काट्नु नपर्ने गरी धुलिखेल र बनेपामा हुने बैकिंङ काम सबै गाउँपालिकाबाट हुनेछ । यही खाता खोल्ने, यही सम्झौता गर्ने, यहीबाट रकम दिने गरी काम भइरहेको छ । जहाँसम्म लाग्छ यो पुरा हुनेछ । अहिले बजेट भनेको विकास निमार्णको बजेट हो । उपभोक्ताहरुलाई यही खाता खोल्न लगाई यही रकम दिन र बैंकबाट लगानी पनि यही गर्न लगाउने, विदेश रहेका युवाको इएमई पनि यहीबाट गर्ने गराउने गरी बैंकसँग कुरा भएको छ । शुरुवात केही कमीकमजोरी त हुन सक्छ हामी त्यसलाई सुधार गर्दै अघि बढ्ने छौँ । म अध्यक्ष भएपछि गाउँपालिकामा औषधिको अभाव छैन । अब वैशाखदेखि एम्बुलेन्स नै आउँदैछ । एउटा डाइरेक्ट काठमाडौं लैजाने र अर्को जगेडा एम्बुलेन्स राख्ने हाम्रो योजना छ । धेरै कुराले ठगेको ठाउँ भए पनि काम गर्ने जोश जाँगर भएमा आम जनताको हित हुन्छ भन्नेमा म विश्वस्त छु ।

यत्ति धेरै काम भएको रहेछ, तर गुनासो मात्रै किन बढेको ?
हाम्रो काम गर्ने बानी हल्ला गर्ने बानी नभएर हो । अलिअलि हल्ला पनि आउनु पर्दाे रहेछ । कम प्रचार भएको मैले बुझेको छु । खानीखोलाामा केके भयो भनेर खोतलेर नहेरेको पनि हुन सक्छ । हामीले नै काम गर्ने र हामीले नै गाउँदै हिड्ने काम राम्रो होइन भन्ने म ठान्दछु ।

हामी आम जनताकै हितमा काम गरिहेको छौ । हामी दलीय हिसावले कम्युष्टि पार्टीबाट जितेपनि काम आम जनताको हितमा गरेका छौ । जसले जे सुकै भने पनि हिजो दल दलका मान्छे बसेर पैसा बाँड्ने चलनको अन्त्य भएको छ । दलदल बाँड्ने रकम कतै मिस्युज हुँदा पनि दलको निर्णय अनुसार भएको भनेर टार्ने गथ्र्यो तर अहिले त्यस्तो अवस्था छैन ।

त्यति बेला मिस्युज भएका कुरा बाहिरा आउँदा सबै दलको प्रतिनिधि गर्नेको टाउँकोमा पर्ने हुन्थ्यो भने अहिले जनताले भोट दिएर आएको प्रत्यक्ष जनप्रतिनिधिहरु छौ । हामी उ वा त्यो भन्दैनै । त्यसो भएको हुँदा त्यस्तो अवस्था हटेको छ । म मेरा वडा अध्यक्ष साथीहरुलाई भन्छु, भागबन्डामा नभई अवश्यकताको आधारमा हुनुपर्छ भनेर र सोही अनुसार नै वजेट सबै वडामा विनियोजन भइरहेको छ । वि.स. २०५९ देखि ०७० तिरसम्म दलदल मिलेर भागबान्डाको आधारमा रकम बाँड्ने गथ्र्याे । त्यो बीचमा धेरै योजनाको दुरुपयोग भएको थियो । त्यतिबेलाको काम गर्दाको रफतार हेर्दा धेरै विकृति विसंगति भएको देखे । अहिले त्यो समयको अन्त्य भएको छ ।

कुन–कुन सडक प्राथमिकतामा राख्नुभएको छ ?
खोपासी–ताल्ढुङ्गा सडकलाई गाउँपालिकाको केन्द्रसँग जोड्ने बाटोको रुपमा प्रथामिकताको आधारमा एक नम्बरमा राखेको छौँ ।

च्याल्टी फलामेटार, बोरण गोल्टार सडक जुन म जिविस सदस्य हुँदै शुरु भएको थियो, अर्को च्याम्राङबेँशी, मिल्चे धाप्ले र महाङकालसम्मको बाटोको योजना हामीले अगाडि बढाएका छौँ, यो ऐतिहासिक महत्वको बाटो हो । अर्को वैकल्पिक बाटो ६ नम्बर वडाको । दुवै पटि बाट तलतिर मासबारी श्रीखम्बा, कुस्पा हुँदै देउराली, फलामेटारको महादेवटार देउराली सडक आयोजना यस वर्ष जोड्छ । अब हामी सबै वडामा हिउँद वर्ष नै गाडी चलाउने योजनामा छाँै । जसले जे भने पनि आम जनसमुदायले काम भएको देखिएको छ ।

तपाईले चुनाव चाहिँ कसरी जित्नुभयो ?
आम रुपले जनताले हालेको मतले नै मैले जिते । यहाँ तीनवटा खम्बा उभिएको थियो, पूर्व माओवादीको विशेष उम्मेदवार, कांग्रेसको पनि राम्रै उम्मेदवार थिए, तर नराम्रो भए पनि मैले जिते । हामीले कहीँ बुथ क्याप्चर वा झगडा पनि गरेनौँ । हिजो यहीँ जन्मेको, यहीँको शिक्षक, यहीँको जनप्रतिनिधि, बाटोमा खाइपाइ हिडेको मान्छे । आम रुपमा जनताले दिएको भोटको म उच्च सम्मान गर्छु, उहाँहरुको काम गर्न अझै बाँकी छ, म गर्दैछु । म पार्टी नछुटाई काम गर्ने मान्छे । कतिपय कुरा हाम्रै मान्छेहरुले गल्ती गरेको छ भने पनि म पेलेर काम गर्नेभित्र पर्छु ।

खानीखोला गाउँपालिकाको अबको प्राथमिकता केके हुन् ?
खानीखोलाका आधारभूत आवश्यकता, १५ शैयाको अस्पताल यसै वर्ष निर्माण प्रारम्भ हुँदैछ । ७ रोपनी जग्गा पास हुँदैछ । इलाका प्रहरी कार्यालय बन्दैछ । गाउँपालिकाका भवन चाँडै अगाडि बढ्छ । खानीखोला जहिल्यै सङग्लो बनाउने हाम्रो लक्ष्य हो । धार्ने महादेवटारदेखि आउने खोलो हामीले निर्देशन नै दिएका छौँ, त्यहाँ फोहर फाल्न, ट्वाइलेटको पाइप जोड्न पाइदैन । गाउँपालिकाको केन्द्र तत्काल कालोपत्रे गर्ने, हरियाली बनाउने । यहाँ आएपछि आनन्द महसुस होस् । पर्यटकीय हिसाबले पनि यसलाई विकास गर्ने मेरो योजना छ ।

अन्तिममा हामीले सोध्न बिर्सेको, तपाईलाई भन्न लागेको कुरा ?
सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई हामीले पनि बोकेका छौँ । समृद्ध खानीखोला, सुखी खानीखोलाबासीको नाराका साथ अहिले हामी विभिन्न कार्यक्रमका साथ अगाडि बढिरहेका छौँ ।