काभ्रे । खानीखोला गाउँपालिकाका वडा नं. ६ का पूर्व वडाध्यक्ष मान बहादुर गोलेले बाइकको तेल (इन्धन) र मर्मतको नाममा ८५ हजार पाँच सय रकम गोजीमा हालेको खुलासा भएको छ ।
बिल बेगर नै मान बहादुरले उक्त रकम सिधै गोजीमा हालेको खुलासा भएको हो । आफ्नो पालामा पालिकाको हर्ताकर्ता देखिएका उनले २०७८ साल पुस २१ गते इन्धन बापत रु. ४० हजार र मर्मत बापत ४५५०० रुपियाँ बुझिलिएको खुलेको हो ।
उल्लिखित रकमको कुनै पनि बिल भने पेश भएको छैन । मानबहादुरले लिएको उक्त रकम गैर कानुनी भएको भन्दै महालेखा परीक्षकको कार्यालयले असुल उपर गर्न समेत ताकेता गरेको छ ।
यसबाहेक पनि गोलेको संलग्नता देखाएर अन्य विभिन्न शीर्षकहरुको बजेट हिनामिनाको विषय महालेखाले उठाएको छ ।
यस विषयमा बुझ्न खोज्दा गोलेले भने बिल कतै परेको हुन सक्ने बताए । भन्छन्, ‘त्यस्तो नुहुनुपर्ने हो, बिल गायब भयो कि त !’
विश्वस्त स्रोतका अनुसार भने कर्मचारीलाई दबाब र प्रभावमा राखेर मानबहादुरले उक्त रकम बुझिलिएको पाइएको छ ।
डाँडापारि सन्देशका लागि
पनौती–०४, काभ्रे, बागमती प्रदेश
सम्पर्क कार्यालय बनेपा, काभ्रे
9843429869
जिल्ला प्रशासन का. दर्ता नं. : ९० (०७३/०७४)
प्रेस काउन्सिल सुचीकरण नं.: ......
सूचना विभाग दर्ता नं.: .....
प्रकाशक : | बुद्ध लोप्चन |
प्रबन्धक : | डिबि लामा | सम्पादक : | लक्ष्मण तामाङ |
कार्यकारी सम्पादक : | इकमान लामा |
सम्वाददाता : | बिजय जिम्बा |