खानीखोला, काभ्रे । आन देशभर उल्लासका साथ माझी समुदायको मुख्य पर्व लादी (कोसी पूजा) मनाइदै छ । माझी समुदायले प्रत्येक वर्ष फागुन महिनाको तेस्रो मङ्गलवार विशेष पर्वको रूपमा लदी पर्व मनाउने गर्दछन् ।
यही सन्दर्भमा देशका विभिन्न पालिकाले सार्वजनिक बिदा दिएको छ । यससँगै काभ्रे जिल्लाका डँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाको वडा नं. ४ ले पनि आज वडाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
लदी पर्वको अवसरमा माझी समुदायको बाक्लो बसोबास रहेको वडा भएकाले उक्त समुदायको सम्मानका लागि बिदा दिएको अध्यक्ष निसान मोक्तानले जानकारी दिए । लदी पर्वको दिन वडा भित्र रहेको विद्यालय, संघसंस्था र सरकारी कार्यलयहरु बिदा हुनेछन् ।
माझी समुदायको मुख्य पेसा नदीमा डुङ्गा तार्ने, माछा मार्ने रहँदै आएको छ । जसअनुसार नदीमा माछा मार्दा र डुङ्गा तार्दा नबगाओस् भन्ने कामनासहित वर्षेनी माझी समुदायले लदी पर्वको दिन विशेष पूजाआजा गर्दै आएका छन् ।
माझी समुदायले त्यो दिन खोलाको संगममा सामूहिक विशेष पूजाआजा गर्दै खोलालाई बोका, कुखुरा र परेवाको बली दिने गर्छन् । लादी पर्वको अवसरमा शुभकामना दिँदै संघीय सांसद उर्मिला माझीले यो पर्वलाई राष्ट्रिय पर्वको रुपमा विकास गर्नुपर्ने बताएकी छन् ।
डाँडापारि सन्देशका लागि
पनौती–०४, काभ्रे, बागमती प्रदेश
सम्पर्क कार्यालय बनेपा, काभ्रे
9843429869
जिल्ला प्रशासन का. दर्ता नं. : ९० (०७३/०७४)
प्रेस काउन्सिल सुचीकरण नं.: ......
सूचना विभाग दर्ता नं.: .....
प्रकाशक : | बुद्ध लोप्चन |
प्रबन्धक : | डिबि लामा | सम्पादक : | लक्ष्मण तामाङ |
कार्यकारी सम्पादक : | इकमान लामा |
सम्वाददाता : | बिजय जिम्बा |