महाभारत । विकासमा फड्को मार्दै अगाडि बढिरहेको काभ्रेको डाँडापारि क्षेत्रमा पर्ने महाभारत गाउँपालिका अब पूर्ण रुपमा झलमल्ल बन्ने यात्रामा छ । महाभारतको वडा नम्बर ६ बनखुमा पहिलोपटक केन्द्रिय प्रशारण लाइनको बिजुली पुगेको छ । विहिबार वडा नम्बर ६ का करिव ४ सय घरधुरीमा शाखालाइन चार्जको परिक्षण सफल भएको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए ।
शुक्रबारसम्म वडा नम्बर ३ र ७ मा लाइन चार्ज हुने महाभारत गाउँपालिका उपाध्यक्ष सागर मोक्तानले जानकारी दिए । आज लाइन चार्ज हुनेभएकोले कतिपय घरमा हाउस वाइरिङ गर्न बाँकी रहेको भन्दै उनले छिटो भन्दा छिटो घरमा बत्तिको लाइन जोडेर केन्द्रिय विद्युत प्रशारण लाइनको सुविधा लिन उपाध्यक्ष मोक्तानले आग्रह गरेका छन ।
यो सँगै उज्यालो महाभारतको सपना सफलताको विन्दुमा अघि बढेको गाउँपालिका अध्यक्ष जिम्बाले बताएका छन । यसले समृध महाभारतको यात्रालाई महत्वपुर्ण योगदान पुग्ने उनको विश्वास छ । उनका अनुसार वडा नम्बर ३, ४, ५ मा विद्युतीकरण सम्पन्नको चरणमा पुगेको छ भने चालु आर्थिक वर्षभित्र वडा नम्बर १, २ र ८ मा पनि विद्युतीकरण सम्पन्न गर्ने पालिकाको योजना छ ।
केन्द्रिय विद्युत लाइनमा केहि समस्या भएमा सुरज भारती मोबाइल नं. ९८६१०८६४९० र प्रदिप अर्याल मोबाइल नं. ९८६०८१२८१५ जानकारी गराउन समेत उनको आग्रह छ ।
डाँडापारि सन्देशका लागि
पनौती–०४, काभ्रे, बागमती प्रदेश
सम्पर्क कार्यालय बनेपा, काभ्रे
9843429869
जिल्ला प्रशासन का. दर्ता नं. : ९० (०७३/०७४)
प्रेस काउन्सिल सुचीकरण नं.: ......
सूचना विभाग दर्ता नं.: .....
प्रकाशक : | बुद्ध लोप्चन |
प्रबन्धक : | डिबि लामा | सम्पादक : | लक्ष्मण तामाङ |
कार्यकारी सम्पादक : | इकमान लामा |
सम्वाददाता : | बिजय जिम्बा |