वीरगन्ज । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा रु ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ राजस्व सङ्कलन गरेको छ।
महानगरका अनुसार चालु आवमा सम्पत्ति कर शीर्षकमा रु १२ करोड ७० लाख ४३ हजार सात सय ८२ सङ्कलन भएको छ । महानगरले दोस्रो धेरै घरबहाल करबाट रु चार करोड ५५ लाख ७५ हजार आठ सय ६७ रहेको छ । महानगरले २४ वटा शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ।
वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले महानगरले गत आवको नौ महिनाको तुलनामा चालु आवमा रु दुई करोड ९५ लाख बढी राजस्व सङ्कलन गरेको बताए।
‘गत आवको नौ महिनाको तुलनामा यो आवमा राजस्व सङ्कलनमा सुधार देखिएको छ’, उनले भने। गत आवको नौ महिनामा वीरगन्ज महानगरले रु ३३ करोड ८० लाख ५४ हजार तीन सय ६० राजस्व सङ्कलन भएको थियो।
वीरगञ्ज महानगरले गत आवभरिमा भने रु ५७ करोड एक लाख ७३ हजार दुई सय एक राजस्व सङ्कलन गरेको थियो । त्यसैगरी महानगरले आव २०७८/७९ मा भने रु ५१ करोड २२ लाख २४ हजार चार सय ९० राजस्व सङ्कलन गरेको थियो।
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्जमा आयोजित सार्वजनिक कार्यक्रममा वीरगञ्जका ठूला उद्योगी व्यवसायीलाई घरबहाल कर स्थानीय सरकारलाई बुझाउन अनुरोध गरेका थिए।
डाँडापारि सन्देशका लागि
पनौती–०४, काभ्रे, बागमती प्रदेश
सम्पर्क कार्यालय बनेपा, काभ्रे
9843429869
जिल्ला प्रशासन का. दर्ता नं. : ९० (०७३/०७४)
प्रेस काउन्सिल सुचीकरण नं.: ......
सूचना विभाग दर्ता नं.: .....
प्रकाशक : | बुद्ध लोप्चन |
प्रबन्धक : | डिबि लामा | सम्पादक : | लक्ष्मण तामाङ |
कार्यकारी सम्पादक : | इकमान लामा |
सम्वाददाता : | बिजय जिम्बा |