काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ।
मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच करिब एक घण्टा भेटवार्ता भएको हो।
दुई नेताबीच पछिल्लो राजनीति घटनाक्रम र समसामयिक विषयवस्तु, वर्तमान समीकरण, सुदूरपश्चिम प्रदेशको समस्याका विषयमा छलफल भएको खनाल निकट स्रोतले जानकारी दिएको छ।।
केन्द्रको सत्ता गठबन्धनमा सहभागी एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकार गठनमा दोहोरो चरित्र देखाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीको तीव्र आलोचना गरेका छन्।
केन्द्रमा एमाले माओवादी गठबन्धनमा सहभागी एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेस र नाउपाको रेशम चौधरी पक्षमा लागेको छ। यसले केन्द्रको गठबन्धनमा दरार सिर्जना हुन लागेको चर्चाबीच प्रचण्ड र खनालबीच भेटवार्ता भएको हो।
डाँडापारि सन्देशका लागि
पनौती–०४, काभ्रे, बागमती प्रदेश
सम्पर्क कार्यालय बनेपा, काभ्रे
9843429869
जिल्ला प्रशासन का. दर्ता नं. : ९० (०७३/०७४)
प्रेस काउन्सिल सुचीकरण नं.: ......
सूचना विभाग दर्ता नं.: .....
प्रकाशक : | बुद्ध लोप्चन |
प्रबन्धक : | डिबि लामा | सम्पादक : | लक्ष्मण तामाङ |
कार्यकारी सम्पादक : | इकमान लामा |
सम्वाददाता : | बिजय जिम्बा |