केही महिनाअघि मात्रै एसियाकै सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीकी श्रीमती निता अम्बानी परोपकारमा ध्यान केन्द्रित गर्न भन्दै व्यवसायबाट टाढिएकी थिइन् । तर, अहिले उनै निता भारतीय मिडियाको प्रतिस्पर्धी दुनियामा ठूलो कार्यभार सम्हाल्दै व्यवसायमा फर्किएकी छन् । उनी भारतमा डिज्नी (डिआइएस) मिडिया शाखा र अरबपति मुकेश अम्बानी स्वामित्वको रिलायन्स इन्डस्ट्रिजको मिडिया शाखाको मर्जरबाट गठन हुने ८.५ अर्ब डलर लागतको विशाल संगठनकोे अध्यक्ष हुनेछिन् ।
६० वर्षीया निताको यो नयाँ पद उनका पति मुकेशले आफ्ना उत्तराधिकारी तय गरेको दुई वर्ष नबित्दै आएको छ । खुद्रा, प्रविधि र नवीकरणीय ऊर्जालाई समेट्ने २३६ अर्ब डलरको कम्पनीलाई मुकेशले तीन छोराछोरीलाई केकसरी हस्तान्तरण हुने भन्ने योजना बनाएका छन् । निता अम्बानी एक्लैले मिडिया शाखाको नेतृत्व गर्नेछैनन् । डिज्नीका एसिया प्रशान्तीय एकाइका पूर्वअध्यक्ष उदय शंकर संयुक्त यस उद्यमको उपाध्यक्ष हुनेछन् र ‘रणनीतिक मार्गदर्शन’ प्रदान गर्नेछन् । नियामक र सेयरधारकहरूले स्वीकृति प्रदान गरेमा डिज्नी–रिलायन्स सम्झौता सन् २०२४ को अन्त्य वा २०२५ को सुरुमा पूरा हुने अनुमान गरिएको छ ।
रिलायन्स इन्डस्ट्रिजको बोर्डमा पहिलो महिला निर्देशक बनेर निता अम्बानीले १० वर्षअघि पहिलोपटक व्यापारको केन्द्रमा पाइला टेकेकी थिइन् । नियामकहरूले सूचीबद्ध भारतीय कम्पनीलाई बोर्डरुममा लैंगिक विविधता सुधार गर्न आग्रह गरेको केही महिनापछि भएको नियुक्तिलाई केही विश्लेषकले पाखण्डको रूपमा आलोचना गरेका छन् । उनले समूहको परोपकारी पहलमा केन्द्रित रहेको रिलायन्स फाउन्डेसनमा ‘आफ्नो ऊर्जा र समय समर्पित गर्न’ गत अगस्टमा बोर्डबाट राजीनामा दिएकी थिइन् ।नितासँग यसअघि नै देशमा खेलकुद र कला प्रवद्र्धनमा ठूलो अनुभव छ । उनी लोकप्रिय इन्डियन प्रिमियर लिग (आइपिएल)को क्रिकेट समूह मुम्बई इन्डियन्सकी मालिक हुन् ।
डाँडापारि सन्देशका लागि
पनौती–०४, काभ्रे, बागमती प्रदेश
सम्पर्क कार्यालय बनेपा, काभ्रे
9843429869
जिल्ला प्रशासन का. दर्ता नं. : ९० (०७३/०७४)
प्रेस काउन्सिल सुचीकरण नं.: ......
सूचना विभाग दर्ता नं.: .....
प्रकाशक : | बुद्ध लोप्चन |
प्रबन्धक : | डिबि लामा | सम्पादक : | लक्ष्मण तामाङ |
कार्यकारी सम्पादक : | इकमान लामा |
सम्वाददाता : | बिजय जिम्बा |