रुसमा सम्पन्न निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिन पुनः विजयी भएका छन् । तीन चरणमा सम्पन्न निर्वाचनको परिणाममा ७१ वर्षीय पुटिन पाँचौँ कार्यकालका लागि विजयी भएका हुन् । चुनावमा वास्तविक प्रतिद्वन्द्वीको अभावमा उनको जित निश्चितप्रायः थियो । निर्वाचनले पूर्वजासुस पुटिनलाई दुई सय वर्षपछि सबैभन्दा लामो समय सेवा गर्ने रुसी नेता बन्न मार्ग प्रशस्त गरेको छ । सरकारी समाचार एजेन्सी आरआइएका अनुसार पुटिनले ८७ प्रतिशत मत प्राप्त गरेका छन् ।
पुटिनले नतिजाले रुसको हालको कदमप्रति जनताको विश्वास प्रस्तुत गरेको बताएका छन् । उनले सेनालाई बलियो बनाउने र युक्रेनमा रुसको विशेष सैन्य कारबाहीलाई प्राथमिकतामा राख्ने बताएका छन् । चुनावी जितको प्रशंसा गर्दै पुटिनले रुस ‘धम्कीबाट डराउन नहुने’ बताएका छन् । पुटिनका सबै प्रमुख प्रतिद्वन्द्वी कारागार वा निर्वासित छन् भने कतिपयको मृत्यु भएको छ । उनले युक्रेनमा आफ्नो शासन वा सेनाको आक्रमणको सार्वजनिक रूपमा विरोध गर्ने जोकोहीमाथि कठोर कारबाही गरेका छन् ।
डाँडापारि सन्देशका लागि
पनौती–०४, काभ्रे, बागमती प्रदेश
सम्पर्क कार्यालय बनेपा, काभ्रे
9843429869
जिल्ला प्रशासन का. दर्ता नं. : ९० (०७३/०७४)
प्रेस काउन्सिल सुचीकरण नं.: ......
सूचना विभाग दर्ता नं.: .....
प्रकाशक : | बुद्ध लोप्चन |
प्रबन्धक : | डिबि लामा | सम्पादक : | लक्ष्मण तामाङ |
कार्यकारी सम्पादक : | इकमान लामा |
सम्वाददाता : | बिजय जिम्बा |