मार्च ७ मा स्विडेनले २०० वर्षभन्दा लामो तटस्थताको नीति त्याग्दै ‘नर्दन एट्लान्टिक ट्रिटी अर्गनाइजेसन(नेटो)’को सदस्यता लियो । यो निर्णय धेरै हदसम्म सन् २०२२ मा रुसले युक्रेन आक्रमण गरेपछि बदलिएको सुरक्षा वातावरण तथा भौगोलिक परिस्थितिबाट प्रभावित थियो । इतिहासमा पटक–पटक रुससँग लडेपछि विशेषतः १९औँ शताब्दीको सुरुमा रुससँगको युद्धमा फिनल्यान्ड गुमाएपछि स्विडेनले तटस्थताको नीति अंगिकार गरेको थियो ।
अहिले रुसको उग्रतापछि फिनल्यान्डले नाटकीय रूपमा मार्ग परिवर्तन गरेको छ । यस कदमले क्षेत्रीय सन्तुलनमाथि निकै ठूलो प्रभाव पार्नेछ । ‘ग्रेट नर्दन वार (सन् १७००–१७२१)’पछि स्विडेनले पक्षधरताभन्दा तटस्थता उसको सार्वभौमसत्ता र राष्ट्रिय सुुरक्षाका लागि बढी हितकर हुने निष्कर्ष निकालेको थियो । त्यसपछि उसले सैन्य द्वन्द्वबाट पछि हट्यो, शक्ति राष्ट्रबीचको प्रभाव क्षेत्रमाथिको संघर्षबाट आफूलाई अलग राख्यो, सैन्य गठबन्धनमा अरुचि देखायो र आफूलाई अन्तर्राष्ट्रिय शान्ति प्रयास तथा मानवीय अग्रसरतामा केन्द्रित राख्यो ।
शीतयुद्धको समयमा स्विडेनले लिएको नीतिलाई ‘युद्धको समयमा तटस्थ रहनका लागि शान्तिको समयमा असंलग्नता’का रूपमा परिभाषित गरिन्थ्यो । जबकि त्यस अवधिमा ऊ आर्थिक, सांस्कृतिक तथा सैन्य रूपमा अमेरिकासँग अभिन्न रूपमा जोडिएको थियो । तथापि स्विडेनको नीतिमा क्रमिक विकास आउन थालिसकेको थियो । सन् १९९४ मा उसले नेटोको ‘पार्टनरसिप फर पिस (शान्तिका लागि साझेदारी) मा आबद्ध भएर नेटोका सैन्य अभियान, इयू नेतृत्वको ‘¥यापिड रेस्पोन्स फोर्स’ र बहुराष्ट्रिय सुरक्षा अग्रसरतामा सक्रिय सहभागिता लिन सुरु गरेको थियो । उसले विभिन्न अभियानका लागि खटाइने शान्ति सेनालाई विशेष तालिम प्रदान गरिरह्यो ।
डाँडापारि सन्देशका लागि
पनौती–०४, काभ्रे, बागमती प्रदेश
सम्पर्क कार्यालय बनेपा, काभ्रे
9843429869
जिल्ला प्रशासन का. दर्ता नं. : ९० (०७३/०७४)
प्रेस काउन्सिल सुचीकरण नं.: ......
सूचना विभाग दर्ता नं.: .....
प्रकाशक : | बुद्ध लोप्चन |
प्रबन्धक : | डिबि लामा | सम्पादक : | लक्ष्मण तामाङ |
कार्यकारी सम्पादक : | इकमान लामा |
सम्वाददाता : | बिजय जिम्बा |