खानीखोला । काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकामा ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८मार्च)को अवसरमा अन्तरक्रिया तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका गाउँपालिकाका जनप्रतिनिधिका साथै सबै राजनीतिक दलका प्रतिनिधि समेत उपस्थित थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं पालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ)ले राजनीतिक, सामाजिक,आर्थिक र प्रशासनिक क्षेत्रमा महिलाहरुको उल्लेख्य सहभागिता गराएर मात्रै समुन्नत र सभ्य समाज निर्माण गर्न सकिने बताए ।
कार्यक्रममा गाउँ भित्र रहेको विभिन्न राजनीतिक दलको प्रतिनिधिहरुले शुभकामना सहित अन्तरक्रियामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आ-आफ्नो धारणा राख्नुभएको थियो। नेकपा(माओवादी केन्द्र)को जिल्ला सदस्य विरेन्द्र लामा,नेपाली कांग्रेस गाउँ पालिकाको उपासभापति टीका बहादुर थिङ(अविरल), नेकपा एमालेको नेता अर्जुन तिमल्सिना र नेकपा एकीकृत समाजवादीको नेता सीतादेवी तिमल्सिनाले शुभकामना मन्यव्य सहित आ-आफ्नो दलगत धारणा राख्नु भएको थियो।
वडा अध्यक्षहरु बुद्धि बहादुर स्याङ्तान(बाबु), सन्तमान थिङ र बृहस्पति घिसिङले शुभकामना मन्तव्य राख्नु भएको थियो । नि.प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण अर्याल, अनेमासंघ(क्रान्तिकारी) खानीखोला गाउँ पालिका समितिको अध्यक्ष अर्चणा अस्तानी, रक्षा नेपालको प्रतिनिधि फूलमायाँ थिङ्ले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको बिशेष अतिथि गाउँ पालिका उपाध्यक्ष दोर्जेमान जिम्बा र लेखा शाखाको बमकाजी शेर्पालीको विशेष उपस्थिति रहेको थियो भने विभिन्न संघ/संस्थाहरु प्रतिनिधि र शिक्षक शिक्षिकाहरुको उल्लेख्य सहभागीता रहेको थियो। कार्यक्रमको अध्यक्षता गाउँ सभा सदस्य बिन्दा आचार्यले गर्नुुभएको थियो। कार्यक्रमको सञ्चालन र समायोजन सृजना थिङले गर्नुभएको थियो ।
डाँडापारि सन्देशका लागि
पनौती–०४, काभ्रे, बागमती प्रदेश
सम्पर्क कार्यालय बनेपा, काभ्रे
9843429869
जिल्ला प्रशासन का. दर्ता नं. : ९० (०७३/०७४)
प्रेस काउन्सिल सुचीकरण नं.: ......
सूचना विभाग दर्ता नं.: .....
प्रकाशक : | बुद्ध लोप्चन |
प्रबन्धक : | डिबि लामा | सम्पादक : | लक्ष्मण तामाङ |
कार्यकारी सम्पादक : | इकमान लामा |
सम्वाददाता : | बिजय जिम्बा |