महाभारत, देविटार । महाभारत गाउँपालिकाको देविटारमा शनिबार सोनाम ल्होछार बृहत् साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
तामाङ समुदायको राष्ट्रिय पर्व मञ्जुश्री सम्बत् २८६० औं डुक/मु पुख्री सोनाम ल्होछारको अवसरमा महाभारत सोनाम ल्होछार मुल आयोजक समितिको आयोजनामा नेपाल तामाङ घेदुङ महाभारत गाउँपालिका कार्य समिति र तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको सह–आयोजनामा र महाभारत गाउँपालिकाको सहयोगमा ल्होछार विशेष कार्यक्रम, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका उपाध्यक्ष सागर मोक्तान, नेपाल तामाङ घेदुङ संघीय सदस्य फुर्साङ घेदुङका बागमती प्रदेश सचिव हरिचन्द्र तामाङको विशिष्ट आतिथ्यता रहेको थियो । नेपाल तामाङ घेदुङ काभ्रे जिल्ला अध्यक्ष राज तामाङ सचिव निमा तामाङ, जननिर्वाचित वडा अध्यक्ष तथा सदस्यहरु विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, घेदुङका गाउँपालिका कार्यसमितिका पदाधिकारीहरु र वडा अध्यक्षहरु अतिथि रहेको थियो ।
कार्यक्रममा समुदायका महानायक निर्देशक अमिर दोङ, गायकहरु सानुबाबु घिसिङ, मिलन लो, अर्पण थिङ, रिजन थिङ, सागर बम्जन र्यापर जेम्स जिम्बा र निमा लामाका साथै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रममा लामा, बोम्बो, ताम्बा र डम्फुरेहरुबाट पुजाअर्चना (साङर्याग्य) सहित झाकि प्रदर्शन गरेको थियो ।
महाभारत सोनाम ल्होछार मुल आयोजक समितिको अध्यक्ष युवराज वाईबाको सभापतित्वमा भएको कार्यक्रम संचालन नेपाल तामाङ घेदुङ काभ्रे जिल्ला सदस्य तथा महाभारत गाउँपालिका इन्चार्ज अमृत योन्जनले गरेको थियो । कार्यक्रममा तामाङ लगायत गैर तामाङहरुको भव्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त राख्नु हुदै कार्यक्रमका प्रमुख अतिथि कान्छालाल जिम्बाले महाभारत गाउँपालिकामा विगत लामो समय देखि सोनाम ल्होछारको अवसरमा आफन्त र इष्टमित्रहरुलाई भेटघाट गर्नको लागि गाउँपालिकाले ३ दिन साजर्वजनिक विदा दिएको र अगाडी नै यो सन्देश पुर्याउनको निम्ति यो कार्यक्रम आयोजना गरेको बताएका थिए। तामाङहरुको अधिकारका लागि जीवन दिएका कारण अहिले तामाङहरुको अस्तित्व बाँकी रहेको बताउदै अब एकता कायम गर्न नसकेमा अस्तित्व खतरामा पुग्न सक्ने भएकाले तामाङहरु आपसमा लड्ने नभई सबैको अधिकारका लागि लड्ने समय आएको बताए ।
डाँडापारि सन्देशका लागि
पनौती–०४, काभ्रे, बागमती प्रदेश
सम्पर्क कार्यालय बनेपा, काभ्रे
9843429869
जिल्ला प्रशासन का. दर्ता नं. : ९० (०७३/०७४)
प्रेस काउन्सिल सुचीकरण नं.: ......
सूचना विभाग दर्ता नं.: .....
प्रकाशक : | बुद्ध लोप्चन |
प्रबन्धक : | डिबि लामा | सम्पादक : | लक्ष्मण तामाङ |
कार्यकारी सम्पादक : | इकमान लामा |
सम्वाददाता : | बिजय जिम्बा |