हेटौँडा । काभ्रे जिल्लाको अति विकट क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाको केन्द्र र सदरमुकाम धुलिखेलसँग जोड्ने महत्वपूर्ण सडकखण्ड पनौती –खोपासी–कामीडाडा–ताल्ढुङ्गा सडक (कामीडाडा–ताढुङगा खण्ड) संघ–प्रदेशको समपुरकमा राख्ने निर्णयसहित सिफारिस भएको छ ।
बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले सो सडक खण्डलाई समपुरक अनुदानमा राख्ने निर्णय गर्दै संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकमा बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री युवराज दुलालले सो सडकखण्डलाई समपुरक अनुदानमा राख्नका लागि प्रस्ताव पेश गरेका थिए । भौतिक पुर्वाधार मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट सो निर्णय भएको मन्त्री दुलालले उज्यालो नेटवर्कलाई जानकारी गराए ।
सो सडकखण्डलाई समपुरक अनुदानमा समावेश गर्नेगरी निर्णय गर्नका लागि खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले भौतिक पूर्वाधारमन्त्री दुलाल र मुख्यमन्त्री शालिकराम जमकट्टेलसँग छलफल गरेका थिए । सो सँगै अध्यक्ष थिङले संघीय सांसद एवं पूर्वराज्यमन्त्री सुर्यमान दोङ र प्रदेश सांसद एवं पूर्वमन्त्री रत्न ढकालसहितसँग समेत छलफल गरेका थिए । पूर्वमन्त्री दोङले प्रदेश र संघीय सरकारसँग आवश्यक समन्वय समेत गरेका थिए ।
छलफल अनुसार अध्यक्ष थिङले गाउँपालिकाको तर्फबाट पूर्वाधार विकास कार्यालय काभ्रेमा प्रस्ताव पेश गरेका थिए । गाउँपालिकाको प्रस्तावलाई आवश्यक निर्णयका लागि पूर्वाधार विकास कार्यालयले भौतिक पूर्वाधार मन्त्रालय हेटौँडामा पेश गरेको थियो । सोही प्रस्ताव मन्त्रालयको तर्फबाट आज मन्त्री दुलालले मन्त्रिपरिषद बैठकमा पेश गरेका थिए ।
सो प्रस्ताव आजको मन्त्रिपरिषद बैठकबाट आवश्यक निर्णयसहित संघीय सरकार समक्ष पेश भएको अध्यक्ष थिङले बताए । यो सडकखण्ड समपुरक आनुदानमा समावेश भएसँगै खानीखोला गाउँपालिकाका बासिन्दाहरुले मुख्यमन्त्री जमकट्टेलदेखि पूर्वमन्त्री एवं सांसद दोङ समेत लाई आभार प्रकट गरेका छन् ।
डाँडापारि सन्देशका लागि
पनौती–०४, काभ्रे, बागमती प्रदेश
सम्पर्क कार्यालय बनेपा, काभ्रे
9843429869
जिल्ला प्रशासन का. दर्ता नं. : ९० (०७३/०७४)
प्रेस काउन्सिल सुचीकरण नं.: ......
सूचना विभाग दर्ता नं.: .....
प्रकाशक : | बुद्ध लोप्चन |
प्रबन्धक : | डिबि लामा | सम्पादक : | लक्ष्मण तामाङ |
कार्यकारी सम्पादक : | इकमान लामा |
सम्वाददाता : | बिजय जिम्बा |