काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ तालढुङ्गामा एक सय ५० बौद्ध धर्मालम्बी लामाले २५ दिनदेखि गुफा (कुन्छाम्¬) मा शान्ति रअहिंसाका लागि प्रार्थना गरिरहेका छन् । खानीखोलास्थित कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङको आयोजनामा गत मङ्सिर २९ गतेदेखि लामा गुरुसहित लामाहरु डेढमहिनाका लागि गुफा बसेका हुन् ।
उक्त संस्थाका अध्यक्ष वीरबहादुर वाईबाका अनुसार गुफामा बस्न काभ्रेपलाञ्चोकसँगै सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोकलगायत जिल्लाबाट एक सय पचास लामा सहभागी भएका छन् ।
“तामाङ समुदायमा पछिल्लो समय ‘लामा’गुरुको सङ्ख्या घट्दै गएकाले कुन्छाम्मार्फत् लामा पठनपाठन र उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, उनले भने,“ आउँदो माघ ११ गतेसम्म सञ्चालन हुने छ ।” कुन्छाम्का लागि केही नगद तथा खाद्यान्न सहयोग प्राप्त भएको छ ।” पैँतालिस दिनसम्म सञ्चालन हुने कुन्छाम्का लागि रु १२ लाख खर्च हुने आयोजकको अनुमान छ ।
खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले लामाको कुन्छाम् कार्यक्रमले स्थानीय धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए।
डाँडापारि सन्देशका लागि
पनौती–०४, काभ्रे, बागमती प्रदेश
सम्पर्क कार्यालय बनेपा, काभ्रे
9843429869
जिल्ला प्रशासन का. दर्ता नं. : ९० (०७३/०७४)
प्रेस काउन्सिल सुचीकरण नं.: ......
सूचना विभाग दर्ता नं.: .....
प्रकाशक : | बुद्ध लोप्चन |
प्रबन्धक : | डिबि लामा | सम्पादक : | लक्ष्मण तामाङ |
कार्यकारी सम्पादक : | इकमान लामा |
सम्वाददाता : | बिजय जिम्बा |