काभ्रे । जिल्लाको रोशी गाउँपालिका वडा नम्बर १० मा रहेको पञ्चकन्या माध्यमिक विद्यालयको ७४ औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।
जिल्लामा शैक्षिक र अतिरिक्त क्रियाकलापको क्षेत्रमा अब्बलता सावित गर्दै आएको पञ्चकन्याले एक विशेष कार्यक्रमका बीच ७४ औँ वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा विद्यालयले सञ्चालन गरेको विविध कार्यक्रमहरूको पुरस्कार वितरण, अक्षयकोष पुरस्कार वितरण , छात्रवृत्ति वितरण, उत्कृष्ट शिक्षक सम्मान लगायतका कार्यक्रम समेत भएको विद्यालयका शिक्षक कान्छामान स्याङतानले जानकारी दिए ।
वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं रोशी गाउँपालिका वडा नं.१० का वडा अध्यक्ष बिकेन तामाङले पञ्चकन्याले शैक्षिक सुधारको क्षेत्रमा खेलेको भूमिका अतुलनीय रहेको बताए । विद्यालयलाई अझ प्रभावकारी र सुदृढ बनाउन आफूले खेल्नुपर्ने भूमिकामा कमी आउन नदिने उनको भनाई थियो ।
पञ्चकन्या माध्यमिक विद्यालय रनिङ शील्ड कर्णाली सदनका संयोजक शिक्षक भोला अस्तानी प्रदान गरिएको थियो भने कार्यक्रममा शिक्षकद्वय साविक उच्च माध्यमिक शिक्षक कान्छामान स्याङ्तान र प्राथमिक तह शिक्षक ज्योतिमाया जिम्बा योञ्जनलाई २०७९ को उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक रामचन्द्र घिमिरेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम शिक्षकद्वय कान्छामान स्याङतान र राजाराम शाहीले सञ्चालन गरेका थिए ।
डाँडापारि सन्देशका लागि
पनौती–०४, काभ्रे, बागमती प्रदेश
सम्पर्क कार्यालय बनेपा, काभ्रे
9843429869
जिल्ला प्रशासन का. दर्ता नं. : ९० (०७३/०७४)
प्रेस काउन्सिल सुचीकरण नं.: ......
सूचना विभाग दर्ता नं.: .....
प्रकाशक : | बुद्ध लोप्चन |
प्रबन्धक : | डिबि लामा | सम्पादक : | लक्ष्मण तामाङ |
कार्यकारी सम्पादक : | इकमान लामा |
सम्वाददाता : | बिजय जिम्बा |