खानीखोला । काभ्रेको खानीखोला गाउँपालिकाका –५ ताल्ढुंगामा सयौं लामाहरु यहि मंसिर २९ गतेबाट कुन्छाम् (गुफा) बस्ने भएका छन् ।
करिब दुई जना लामाहरुको उपस्थितिमा ४५ दिन लामो कुन्छाम् बस्न लागेको कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङ खानीखोलाको अध्यक्ष वीरबहादुर वाइबाले जानकारी दिनुभयो ।
कुन्छाम् बस्न काभ्रेसँगै सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट लामाहरु उपस्थित् हुने अध्यक्ष वाइबाले बताउनुभयो । उद्घाटनको भोलिपल्ट ३० मंसिरबाट भने लामा गुरु खेन्पो सेराप ग्याल्छेनबाट थुन सुरु हुनेछ ।
अध्यक्ष वाईबाले अहिंसा र शान्तिमा योगदान पुर्याउनुका साथै बौद्ध धर्म, कला, संस्कृतिको संरक्षण, संवद्र्धन र विकाससँगै समस्त लामाको हक, हित, भाषा, लिपी, बुद्धको उपदेशहरूको पालना गराई तामाङ बौद्ध जागरण तथा धार्मिक कर्मकाण्डलाई कम खर्चिलो पार्ने, एक रूपता र सरल पार्ने हेतुले कुन्छाम् राखिएको स्पष्ट पार्नुभयो । उहाँले तामाङ समाजमा पछिल्ला समय लामाहरू कम हुँदै गएकाले कुन्साम् मार्फत लामा पठन पाठनसँगै लामा उत्पादनमा सहयोग पुग्ने बताउनुभयो ।
कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङ खानीखोलाको सचिव प्रेमबहादुुर स्याङ्तानले कुन्साम् ले धार्मिक तथा साँस्कृतिक सम्बन्धनको विकास गरी लामाहरूलाई बुष्दिष्ट ज्ञानसहित संगठित गर्न टेवा पुग्ने उल्लेख गर्नुभयो । उहाँले कुन्छाम् मार्फत बौद्ध धर्मको प्रचारप्रसार, प्राणी तथा अप्राणी सत्वहरूको मुक्ति, अहिंसा र शान्तिमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
खानीखोला गाउँपालिकाको अध्यक्ष इन्द्रबहादुर थिङले केही दिन अघि मात्रै महायज्ञ भएको र लामाहरुले समेत कुन्छाम् राख्न लागेको खबरले आफु निकै खुशी भएको बताउँदै यस्तो कार्यले खानीखोलाको धार्मिक पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो ।
त्यस्तै गाउँपालिकाको उपाध्यक्ष दोर्जेमान जिम्बाले आफु संधै खानीखोलालाई धार्मिक पर्यटनको रुपमा पनि चिनाउनु पर्छ भन्ने पक्षमा रहेकाले आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कुन्छाम्को लागि गाउँपालिकाबाट आवश्यक सहयोग तथा समन्वय हुने जनाइएको छ । एकै पटक ठुलो संख्यामा उपस्थित् हुँदा व्यवस्थापनमा सहजिकरणका लागि कुन्साम्मा सहभागी हुने लामाहरुलाई आयोजकसँग सम्पर्क गरी नाम टिपाउन समेत आग्रह गरेको छ ।
इच्छुक व्यक्ति तथा संघ/संस्थालाई सहयोगको लागि अपिल
आयोजकले लामाहरु कुन्छाम् बस्ने क्रममा धेरै खर्च लाग्ने हुँदा इच्छुक व्यक्ति तथा संघ÷संस्थाले आवश्यक खाद्यान्न तथा म्याट सहितका सामाग्री सहयोगका लागि आग्रह समेत गरेको छ ।
आयोजकका अनुसार कुन्छाम् अवधिमा अनुमानित १० लाख बराबरको खर्च हुने जनाइएको छ ।
लामा घेदुङ खानीखोलाका सचिव तितुङले कुन्साम बस्ने लामाहरुको लागि खाना र बस्न भने आयोजकले नै व्यवस्था गर्ने बताउनुभयो । यद्यपी, आयोजकले कुन्छाम् बस्न आउने लामाहरुलाई खाना खाने थाल वा प्लेट, गिलास जस्ता आवश्यक सामाग्री भने आफैले लिएर आउन अनुरोध गरेको छ ।
डाँडापारि सन्देशका लागि
पनौती–०४, काभ्रे, बागमती प्रदेश
सम्पर्क कार्यालय बनेपा, काभ्रे
9843429869
जिल्ला प्रशासन का. दर्ता नं. : ९० (०७३/०७४)
प्रेस काउन्सिल सुचीकरण नं.: ......
सूचना विभाग दर्ता नं.: .....
प्रकाशक : | बुद्ध लोप्चन |
प्रबन्धक : | डिबि लामा | सम्पादक : | लक्ष्मण तामाङ |
कार्यकारी सम्पादक : | इकमान लामा |
सम्वाददाता : | बिजय जिम्बा |