समावेशीकरण बाल क्लवद्धारा शुभकामना आदानप्रदान

खानीखोला, काभ्रे/ जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिका–४ स्थित् फुलडाँडामा नयाबर्ष २०७८ को अबसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बुधबार खानीखोला–४ का वडा अध्यक्ष विर बहादुर वाईबाको प्रमुख अतिथ्यतामा सम्पन्न शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम खुशी समाज युवा क्लवको सहकार्य तथा श्री समावेशीकरण बाल क्लवको आयोजनामा भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि तथा खानीखोला–४ का वडा अध्यक्ष वाईबाले बाल क्लवले स्थापनाकाल देखि सामाजिक तथा बालबालिकामा जनचेतनामुलक काम गरेकोमा खुसी ब्यक्त गरे । उनले सकारात्मक कामका लागि वडाले सहकार्य गर्न तयार रहेको समेत बताए । सामाजिक कामलाई अंगालेर अगाडी वढे सवैको साथ र सहयोग प्राप्त हुने र सफल मार्गमा अगाडी वढिन्छ भन्ने सन्देश बाल क्लवले प्रदान गरेको उनको भनाइ छ ।

विशेष अतिथि तथा कुमारी माध्यमिक विद्यालयका प्रधानध्यापक होम बहादुर वाईबाले खानीखोला–४ रही समाजिक कामबाट नाम कमाउन सफल बाल क्लवले शुभकामना आदानप्रदानसँगै बालबालिकाले आफ्नो प्रतिभा प्रस्तुत गर्ने कार्यक्रम आयोजना गर्दा बालबालिकामा लगनशील भएर लाग्नमा थप प्रेरणा थपेको वताए । उनले दुर दराजमा रहेर पनि बालबालिकाहरुलाई लक्षित गरी सन्देशमुकल कार्यक्रम गरेको बताउँदै बाल क्लवका गतिविधीलाई निरन्तरता दिइ आमागी दिनमा समाजिक तथा बालबालिकाको क्षेत्रबाट अब्बल बन्ने उद्देश्यका साथ अगाडी वढ्न समेत बाल क्लवलाई आग्रह गरे । कार्यक्रममा बोल्दै वडा सदस्य नजरमान माझी, श्याम बहादुर लोप्चन, समाजसेवी विष्णुमाया मोक्तान, नरबहादुर थिङ, निशान मोक्तान, रुपेश लोप्चन लगायतले बाल क्लवका कामको प्रशंसा गरेका थिए ।

कार्यक्रममा यमराज मोक्तान, बुद्धलाल गोले, प्रविना स्याङ्तान, अनिता घिसिङ, प्रकृति मोक्तान, अञ्जु मोक्तान, शशिकला वाईबा, प्रमिसा लोप्चन लगायत एक दर्जन बढीले नृत्य तथा अन्य प्रतिभा प्रस्तुत गरेका थिए । उनीहरुलाई वडाध्यक्षसहितका अतिथिहरुले प्रमाणपत्रद्धारा सम्मान गरेको थियो । सोही अवसरमा नृत्य प्रशिक्षक सिताराम विक र सुप्रिया स्याङ्तानलाई पनि सम्मान गरेका छन् । त्यस्तै, बाल क्लवका बरिष्ठ सल्लाहकार अञ्जल श्रेष्ठका अनुसार कार्यक्रममा २५ हजार रुपैँया आर्थिक सहयोग गरेका छन् । वडाध्यक्ष वाईबा, विशेष अतिथि लगायतका अतिथि तथा समाजसेवीहरुले बाल क्लवलाई संयुक्त रुपमा आर्थिक सहयोग गरेका हुन् ।

बाल क्लवका अध्यक्ष ग्याल्साङ वलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लवका बरिष्ठ सल्लाहकार श्रेष्ठ गरेका थिए भने उक्त अवसरमा वडा सदस्य धनकुमारी विक, समाजसेवी तस्वीर वल, ज्ञानबहादुर थिङ, विर प्राविका प्रध्यानाध्यापक भरत लामा, कुमारी माविका शिक्षक सञ्जय सारु मगर, खुशी समाज युवा क्लवका सदस्य गणेश थिङ, प्रेम बजु, ज्योतीराम माझी लगायतको सहभागीता रहेको थियो ।

 

सम्बन्धित खबरहरु