रोशीमा राष्ट्रपति रनिङ शिल्ड सुरु

कटुञ्जेबेशी, काभ्रे/ जिल्लाको रोशी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । कोरोना भाईरसका कारण अघिल्लो वर्ष स्थगित भएकोमा यस वर्ष आइतबारबाट रोशी माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता सञ्चालन गरिएको हो ।

उद्घटन कार्यक्रममा प्रमुख अतिथि तथा संविधान सभा सदस्य तिर्थ लामाले खेलकुद जीवनको महत्वपुर्ण पाटो भएको बताए । जीवनमा शिक्षासँगै खेलकुदको धेरै महत्व रहेको बताउँदै आफु पनि रोशीकै नागरिक भएको हुँदा हर क्षेत्रमा निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्ता गरे । उनले प्रतियोगितामा भाग लिने खेलाडिहरुलाई शुभकामनासमेत दिएका थिए ।

त्यस्तै, रोशी गाउँपालिकाका अध्यक्ष डि.बि. लामाले खेल सुखद र सौहार्दपुर्ण रुपमा सञ्चालन हुनेमा आफु विश्वास्त रहेको बताए । ‘खेलमा हार र जित मात्रै ठुलो कुरा नभई यसले दिने ज्ञानमा केन्द्रित हुनु पर्छ,’ अध्यक्ष लामाले भने, ‘जसले जिते पनि रोशीले नै जित्ने हो, त्यसैले अनुशासनमा रहेर ढुक्क भएर खेल्नुहोस् ।’

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला, प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहाल, प्रवक्ता पदम बहादुर लामा, शिक्षा तथा खेलकुद शाखा राम बहादुर लामा, वडाका अध्यक्ष, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेका थिए ।

आईतबार बाट सुरु भएको प्रतियोगिता ३ दिनसम्म चल्ने गाउँपालिकाले जनाएको छ । खेलमा रोशी गाउँपालिका भरी रहेका १६ वटा माध्यमिक विद्यालय मध्ये रोशी ९ को विन्धवासीनी मावि र रोशी १२ को गणेश मावि बाहेक सबै सहभागि छन् । प्रतियोगितामा भलिबल, कबड्डी, १ सय, २ सय, ४ सय मिटर दौड, रिले दौड, हाईजम्प, लङजम्प, सटपुट लगायतका खेल समावेश गरिएको छ ।

सम्बन्धित खबरहरु