राष्ट्रपतिद्धारा बहुप्रतिक्षित मेलम्चीको पानीको औपचारिक वितरण शुरु

काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट मेलम्चीको पानी वितरणको उद्घाटन गरेकी छन् । खानेपानी मन्त्रालयले आयोजना गरेको उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले भृकुटीमण्डपमा बनाएका ढुंगेधारामा रहेको ३ वटा धारा खोलेरपानी वितरणको औपचारिक शुरुवात गरेकी हुन् ।

उदघाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री तथा विभिन्न‍ विशिष्ट पदाधिकारीहरूको समेत उपस्थिति रहेका थिए । काठमाडौँका घरघरमा केही दिन अघिदेखि नै मेलम्चीको पानीको परीक्षणको रुपमा पठाउन सुरु गरिसकिएको छ  ।

मेलम्चीको पानी गत आइतबारदेखि नै वितरण गरिए पनि शुक्रबार मात्र औपचारिक उद्घाटन गरिएको हो ।

हालसम्म महांकाल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट एक दिन बिराएर पानी वितरण गरिँदै छ । अनामनगरको ८०० घरमा भने २४सै घण्टा पानी वितरण भइरहेको छ। आज बिहानदेखि बालाजु‚ सोह्रखुट्टे लगायतका स्थानमा पनि पानी वितरण थालिएको छ ।

सम्बन्धित खबरहरु