माइला लाामा र विप्लवका दाजु वीरजंग जेलमुक्त

काभ्रे/ नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता माइला लामा र ‘विप्लव’का दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ जेलबाट रिहा भएका छन् । संखुवासभा कारागारमा रहेका लामा बिहिबार र वीरजंग जिल्ला कारागार चितवनबाट शुक्रवार जेलबाट छुटेका हुन् ।

विप्लव समूहको अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रिय अध्यक्ष समेत रहेका लामालाई भारतीय लगानीको विरोध गरेको र अपर तामाकोशी विद्युत् आयोजनामा विष्फोट गरेको मुद्दामा जिल्ला अदालत संखुवासभाले उनलाई २५ हजार धरौटी मागेको थियो । धरौटी नबुझाएर उनि जेलमा बसेका थिए ।

त्यस्तै, बम विस्फोटको मुद्दामा कारागार चलान भएको वीरजंग जिल्ला अदालत नवलपरासीले रिहा गर्ने आदेश दिएपछि रिहा भएका हुन् । वीरजंग २०७७ असोज २८ गतेदेखि चितवन कारागारमा रहेका थिए । वीरजंगको घाँटी र पेटमा समस्या आएपछि उपचारका लागि चितवन कारागार ल्याइएको थियो ।

सरकार र विप्लव नेतृत्वको नेकपाको बीचमा जेलमा रहेका नेता–कार्यकर्ता रिहा गर्ने सहमति भएको थियो । तर, पार्टीले नै धरौटी तिरेर लामालाई रिहा गराएको उनको मुद्दामा बहस गरेका अधिवक्ता एकराज भण्डारीले बताए । उनीहरु अदालतले मागेको २५ हजार धरौटी तिरेर छुटेका हुन् ।

सम्बन्धित खबरहरु