महाभारतमा आगलागी हुँदा २ घर जलेर नष्ट, लाखौँ क्षति

महाभारत, काभ्रे/ जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । आगलागीबाट महाभारत गाउँपालिका वडा नम्बर ८ का स्थानीयचन्द्र बहादुर जर्घा मगरको घरसँगै अरु घर जालेका हुन् ।

इलाका प्रहरी कार्यालय गोकुलेका इन्चार्ज कृष्ण श्रेष्ठका अनुसार आगलागीबाट दुई वटा भैसी, घरभित्र रहेको टि भि, अन्न, लत्ताकपडा लगाएका सरसामान समेत पूर्ण जलेर नष्ट भएको छ ।

रातको समयमा अचानक भएको आगलागीबाट दुईतले घर, भैसी र सरसामान पूर्णरुपमा जल्दा लाखौँ रुपैयाँ बराबरको क्षति भएको इलाक प्रहरी कार्यालय गोकुलेले जनाएको छ । आगो हरिवन इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोली र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।

सम्बन्धित खबरहरु