मन्त्रीद्धय थापा र रायमाझीमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ/ खानेपानी मन्त्री मणिचन्द्र थापालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, यसअघि ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । मन्त्री रायमाझी संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका छन् ।

मन्त्री थापाले कोरोना पोजेटिभ देखिए पनि स्वास्थ्य स्थिति सामान्य रहेको बताए । ‘हिजो जाँच गर्दा पोजेटिभ रिपोर्ट आयो, तर अल्छी लाग्ने र सामान्य रुघाबाहेक त्यस्तो ठूलो समस्या देखिएको छैन’, थापाले भने । उनी अहिले होम आइसोलेसनमा रहेका छन् ।

सम्बन्धित खबरहरु