बनेपामा एक महिला मृत अबस्थामा फेला

बनेपा, काभ्रे/ काभ्रेमा एक महिला मृत अबस्थामा फेला परेकी छिन् । जिल्लाको बनेपा नगरपालिका वडा नम्बर ७ को सिनागालस्थित् नामथर र वतन नखुलेका अन्दाजि ४० वर्षिया महिला मृत अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी योगेन्द्र तिमल्सिनाले जानकारी दिए ।

प्रहरीका अनुसार हेर्दा मागि खाई हिड्ने जस्तो देखिने मृत महिलाको दाहिने आँखा माथि ठोकिएको जस्तो चोट देखिएको छ । खबर प्राप्त हुना साथ इप्रका बनेपा बाट प्रनिको कमाण्डमा ७ जना टोलि घट्ना स्थलमा खटिएका थिए । मृत महिला बा २ ख २४२७ नम्ब्रको पुरानो पार्किङ गरि राखेको बस भित्र भेएिका थियो ।

घट्नाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु