नेपालले मलेसियामाथि ९ विकेटले विजय हासिल, फेरी चम्के कुशल र आशिफ

काठमाण्डौ/ नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय सिरिज अन्तर्गत सोमबार सम्पन्न खेलमा नेपालले मलेसियामाथि विजय हासिल गरेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले ९ विकेटको सानदार जित निकालेको हो।

जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १ विकेटको क्षतिमा १२.१ ओभरमा लक्ष्य पुरा गर्‍यो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक अभिजित ६१ रन बनाउँदा आशिफ शेखले ४२ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरी ६ रनमा अभिजित रहे । मलेसियाका वीरेनदीप सिंहले आशिफको विकेट लिएका थिए ।

यसअघि नेदरल्याण्ड्स विरुद्धको खेलमा डेभ्यु गरेका भुर्तेल र शेखले उद्घाटन खेलमा अर्धशतक बनाएका थिए । टस हारेर ब्याटिङ गरेको मलेसियाका लागि सइद अजिजले सर्वाधिक २७ रन बनाउँदा शर्भिन मुनिएण्डीले २० रन जोडे । त्यस्तै शफिक शरिफले १५ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ३ विकेट लिँदा सन्दीप लामिछानेले २ विकेट लिए । त्यस्तै सोमपाल कामी, शहाब आलम, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले १र१ विकेट लिए ।

योसँगै मलेसियाले लगातार दोस्रो हार ब्यहोरेको छ भने भने नेपालले लगातार दोस्रो जित निकालेको छ । मंगलबार हुने खेलमा नेपालले फेरि नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित खबरहरु