नमोबुद्धको बुच्चाकोटमा ट्याक्टर दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु

नमोबुद्ध, काभ्रे/ जिल्लाको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोट स्थित् वि.पि. राजमार्गमा ट्याक्टर दुर्घटना एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे एसपी भूपेन्द्र बहादुर खत्रीले आइतबार विहान करिब ९ः१५ बजेको समयमा धुलिखेलबाट भकुण्डेतर्फ जाँदै गरेको ना ५ त ६०८७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सिन्धुली जिल्लाको मारिन गाउँपालिका–५ बस्ने १७ वर्षीय झलक वि.क.को मृत्यु भएको जानकारी दिए ।

एसपी खत्रीका अनुसार ट्याक्टर तीव्र गतिमा रहेका कारण अनियन्त्रित भई दुर्घटना हुँदा वि.क सवार ट्याक्टरले किच्चिएर उनको मृत्यु भएको हो । ट्याक्टर सडकबाट करिब ३० फिट तल खसेको छ ।

त्यस्तै, एसपी खत्रीले मृतक विकको शव पोष्टमाटमको लागि धुलिखेल समुदायिक अस्पतालमा राखिएको बताए । ट्याक्टर चालक सिन्धुली जिल्ला, मरिन गाउँपालिका–५ बस्ने २४ वर्षीय बिमान बि.क भने प्रहरी चौकी भकुण्डेबेशिको नियन्त्रणमा रहेका छन् ।

 

 

सम्बन्धित खबरहरु