दन्त शिविरमा दुई सय जनाले सेवा लिए

दाप्चा, काभ्रे/ नमोबुद्ध नगरपालिका–९ छत्रेबाँझस्थित दाप्चा स्वास्थ्य चौकीमा भएको दन्त शिविरमा दुई सय जनाले सेवा लिएका छन् । नेपाल भूतपूर्व सैनिक संघ काभ्र्रेपलाञ्चोकको आयोजना, लायन्स क्लव अफ काठमाडौँ कञ्चनजंघा र समाज डेन्टर हस्पिटलको प्राविधिक सहयोगमा दुई दिन सञ्चालित शिविरमा २ सय जना लाभान्वित भएको आयोजक संस्थाका अध्यक्ष इन्द्रबहादुर दाहालले जानकारी दिए ।

दाप्चा स्वास्थ्य चौकीका इञ्चार्ज सिनियर अहेव (अधिकृत) बलराम पौडेलले पहिलो दिन १ सय १० जनाले सेवा बताए । उनका अुनसार दात निकाल्ने, भर्ने, सफा गर्ने लगायतका सेवा दिएर औषधी समेत निशुल्क वितरण गरेका छन् ।

लायन्स क्लव अफ काठमाडौँका अध्यक्ष समेत रहेका कार्यक्रम संयोजक शिव अधिकारीले डा. अंकित ज्ञवाली, डा. विवश राई, डा. रविना शाक्यसहितको ८ सदस्यीय मेडिकल टिमले सेवा दिएको बताए । उक्त कार्यक्रमको उद्धघाटन भने नेपाली सेनाका पूर्व सहायक रथी डा. प्रेम सिंह बस्न्यातले गरेका थिए ।

कार्यक्रममा डा. बस्न्यातले भूतपूर्व सैनिकहरुलाई धन्यवाद दिदै नेपाली कांग्रेसले वीपीबाद अनुशरण गर्नुपर्ने बताए । त्यस्तै, नेपाल कांग्रेस काभ्रेका सभापति मधुप्रसाद आचार्यले दातको समस्याले ठूलो पीडा दिने भन्दै कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिएका थिए ।

पूर्वसभासद् हर्षजित लामा, दाप्चाका स्थानीय पार्टी प्रतिनिधीहरु, जिल्लाका भूतपूर्व सैनिकहरुको उपस्थिती रहेको कार्यक्रम भूतपूर्व सैनिक संघ काभ्रेका सचिव राजु सिग्देलले सञ्चालन गर्नु भएको थियो ।

सम्बन्धित खबरहरु