तामाङ घेदुङको नवौं महाधिवेशन स्थगित

काठमाडौं/ नेपाल तामाङ घेदुङको नवौं महाधिवेशन स्थगित भएको छ । यही चैत २७, २८ र २९ गतेका लागि तय भएको महाधिवेशन स्थगित भएको हो ।

घेदुङका महासचिव मोहितकुमार तामाङ (बाबु)ले विज्ञिप्त जारी गर्दै अर्को सूचना नभएसम्मका लागि महाधिवेशन स्थगित भएको जानकारी गराएका छन् । सरकारले कोरोना महामारीको जोखिम बढेको भन्दै भिडभाड नगर्न आग्रह गरेकाले महाधिवेशन स्थगित गरिएको घेदुङले जनाएको छ ।

काठमाडौंमा गर्ने तय भएको महाविधेसनका लागि जिल्ला प्रशासन कार्यालयले अनुमति नदिएपछि रोक्नु परेको विज्ञप्तमा उल्लेख छ । देशका स्थानीय तह र विभिन्न देशमा सन्जाल रहेको घेदुङको गत वर्ष चैतमै गर्नुपर्ने महाधिवेशन पनि कोरोनाका कारण सरकारले लगाएको लकडाउनले गर्दा रोकिएको थियो ।

विज्ञप्तीमा लेखिएको छ, ‘हाम्रो नियन्त्रण बाहिरको परिस्थिति सिर्जना भई तोकिएको मितिमा महाधिवेशन सम्पन्न गर्न नसकेकोमा यसबाट देश, विदेशका सम्पुर्ण प्रतिनिधि, पर्यवेक्षक र शुभेच्छुक महानुभावहरुमा पर्न गएको असुविधाप्रति हामी अत्यन्तै दुःखी छौं ।’ परिस्थिति अनकुल हुने बित्तिकै प्रशासनको अनुमति लिएर महाधिवेशन सम्पन्न गर्ने विज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित खबरहरु