डिएस्पीकै घर भित्र फरार अपराधी

धुलिखेल, काभ्रे/ काभ्रेपलाञ्चोक जिल्ला साविक श्यामपाटी गाविस वडा नम्वर २ हाल नमोबुद्ध नगरपालिकामा स्थायी बसोबास भई भक्तपुर जिल्ला गठ्ठाघर हुँदै सानोठिमी नजिकै बसोबास गर्ने अरुणकुमार पाण्डे फरार अपराधी हुन् । पत्रकार महासंघको सदस्य समेत रहेका उनी पहुँचका भरमा फरार छन् ।

२०५२ सालमा संचालन भएको एसएलसी परीक्षामा उनी नक्कली परिक्षार्थी बनी परिक्षामा सहभागि भएका पाण्डेलाई प्रहरीले पहिचान सहित पक्राउ ग¥यो । सरकारी कागज छाप दस्तखत किर्ते अभियोगमा पक्राउ परेका उनी केहि दिन हिरासतमा बसेर निस्किए । तर तत्कालीन जिल्ला अदालत काभ्रेपलाञ्चोकले उनलाई २०५२ पुष १२ गते ११ महिना ७ दिनको कैद र ५० रुपैयाँ जरिवानाको फैसला सुनायो । सोहि मितिदेखि उनी फरार अपराधीको सूचीमा छन् । प्रहरी चौकी श्यामपाटीलाई पठाईएको फरार अपराधीहरुको सूचीमा उनको चौथो नम्वरमा नाम उल्लेख छ । अदालतको नम्वर २४४ उल्लेख गरिएको छ । नेपाल सरकार बादी भएर चलाएको मुद्दाका दोषि २५ वर्षसम्म पक्राउ परेका छैनन् । उनको शान, मान र प्रभाव समाजमा उल्लेख्य छ । आफ्नै भाई डिएस्पी भएका कारण पनि उनी हालसम्म पक्राउ नपरेका हुन् । प्रहरीलाई सुचना प्राप्त हुने वितिक्कै उनको लोकेसन लिन्छ तर भाई डिएस्पी भएकै कारण उनी पक्राउ पर्दैनन् । पाण्डेले २०६१ साल मंसिर १० गते पत्रकार महासंघ काभ्रे शाखाको सदस्य प्राप्त गरेका थिए । पत्रकार महासंघको विधानले उनी कारवाहीको भागिदार हुन्छन् ।

पाण्डे जस्ता जिल्लामा १ हजार २ सय ब्यक्ति फरार अपराधी छन् । अदालतले सजाँय र जरिवाना तोकेका ब्यक्तिहरु शानसँग हिडिरहँदा समाजमा अपराध न्यूनिकरण नभई मौलाउँदै गएको पुष्टी हुन्छ । अपराध गरे पनि संरक्षण हुने, अदालतले फैसला गरे पनि कार्यान्वयन नहुने भए पछि ब्यक्तिहरु भित्र हुने डर र त्रास कम हुँदै जान्छ । कुनै न कुनै आडमा अपराधीहरु खुलेआम हिडेपछि सर्वसाधारणले राज्यका कानुन कार्यान्वयन गर्ने निकायहरुका बारेमा समेत प्रश्न उठाउन थालेका छन् । जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्री र उहाँको टोलीले काभ्रेपलाञ्चोक जिल्लालाई अपराध मुक्त बनाउने अभियान अन्र्तगत आक्रामक रुपले अदालतको फैसला कार्यान्वयन गर्न शुरु गरेको छ । माघ २ गते हाजिर भएका एसपी भुपेन्द्र खत्रीको टोलीले तीन महिनामा ४८ जना फरार अपराधी पक्राउ गरेको छ । रौतहटमा प्रहरी प्रमुख हुँदा चर्चा कमाएका खत्रीे ‘लो प्रोफाईल’मा बसेर अपराध न्युनीकरणमा सक्रिय भएका छन् ।

मातहतका युनिटहरुले पनि खत्रीको अभियानलाई जुरुक्कै बोकेका छन् । अपराध भए लगत्तै घटनामा संलग्न अभियुक्तहरु पक्राउ गर्ने, चोरी तथा अन्य घटनाका फरार ब्यक्तिहरु पक्राउ पर्ने क्रम निरन्तर रहेको सूचना अधिकारी डिएस्पी हरि खतिवडाले जानकारी दिनु भयो । ‘जिल्लामा झण्डै १ हजार २ सय फरार अभियुक्त रहेको सूची प्राप्त भएको छ’–प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले भन्नुभयो–‘अलग्गै युनिट खडा गरी अपराध न्युनिकरण, अनुसन्धान र विश्लेषण गरिरहेका छौं । जसका कारण फरार ब्यक्तिहरु मात्रै होईन घटनामा संलग्न जो कोहि भाग्ने अवस्था रहने छैन ।’ पाण्डे जस्ता ब्यक्तिहरु पक्राउ परे भने एसपी खत्रीको कार्यलाई आम नागरिकले सलाम गर्ने सर्वसाधारण बताउन थालेका छन् । कसैलाई काखा र कसैलाई पाखा गरी प्रहरीको अप्रेसन शुरु भयो भने नागरिकहरुले जुन जोगी आए पनि कानै चिरेको जस्तो हुने प्रतिक्रिया दिएका छन् ।

माघ २ गते देखि चैत्र २७ गतेसम्म ४८ जना ब्यक्तिहरु पक्राउ परेका छन् । आर्थिक वर्ष २०७७÷०७८ को ९ महिनामा ६३ फरार ब्यक्तिहरु पक्राउ परेका छन् । जालसाजी मुद्दामा २२, चोरी अभियोगमा ४, सार्वजनिक अपराधमा ४, लेनदेनमा ३, चेक अनादारमा ३, बैकिङ्ग कसुरमा ३, लागु औषधमा ३, जातिय भेदभाव छुवाछुत ३, लुटपिट २, करकापमा २, सम्वन्ध विच्छेद २, बहुविवाह २, कुटपिट २, गाली बेईज्जती १, दुनियाँवादी देवानी १, घर भत्काई पाउँ १, घरेलु हिंसा १, ठगी १, सवारी दुर्घटनाबाट अंगभङ्ग १, वन पैदावार हानी नोक्सानी १ र कर्तब्य ज्यान मुद्दाका १ फरार अपराधी पक्राउ गरी अदालतमा बुझाईएको जिल्ला प्रहरी प्रमुख एसपी खत्रीले जानकारी दिनु भयो । विभिन्न अभियोगमा कैद तथा जरिवना तोकिएका फरार ब्यक्तिहरु प्रहरीको सक्रियतासँगै लुकिछिपी हिड्न थालेका छन् ।
चेष्टा साप्ताहिकबाट

सम्बन्धित खबरहरु