खानीखोलामा झुण्डिएको अवस्थामा पुरुषको शव फेला

खानीखोला, काभ्रे/ जिल्लाको विकट डाँडापारिको खानीखोला गाउँपालिका वडा नम्बर ५ मा एक पुरुषको झुण्डिएर मृत्यु भएको अवस्था शव फेला परेको छ । सोही गाउँपालिका खानीखोला–५ साल्मे बस्ने २७ वर्षीय राजकुमार दाहालको झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

सोमबार रातको ११ बजे मृतक दाहाल घर नजिकै रहेको जङगलमा झुण्डिरहेको अवस्थामा फेला परेको प्रहरी चौकी ताल्ढुंगाले जनाएको छ । स्थानीयबाट खबर प्राप्त हुन साथ प्रहरी चौकी ताल्ढुंगाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ३ जनाको टोली उक्त स्थानमा खटिएको थियो ।

‘प्रारम्भिक अनुसन्धानमा दाहाल झुण्डिएको देखिए पनि पोस्टमार्टमको रिपोर्ट नआएसम्म आत्महत्या हो वा अरुले नै झुण्ड्याएको हो भन्न नसकिने प्रहरीको भनाई छ ।

सम्बन्धित खबरहरु