कोरोनाबाट थप ४ जनाको मृत्यु

काठमाडौं/ कोरोना संक्रमणबाट बुटवल र कैलालीमा थप चार जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका तीनजना कोरोना संक्रमितको सोमबार विहान मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ की ७१ वर्षीया र अर्घाखाँची मालारानी–५ की ७९ वर्षीया महिला र कपिलवस्तु वाणगंगा नगरपालिका–३ का एकजना पुरुष छन् ।

यस्तै कैलालीमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

फागुनको पहिलो साता भारतबाट आएका उनमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कडा प्रकारको निमोनियाँसहित अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

सम्बन्धित खबरहरु