कुशल भुर्तेलले डेब्युपछि लगातार अर्धशतकीय पारी खेल्दै बनाए विश्वकीर्तिमान

काठमाडौं । नेपालका ब्याट्सम्यान कुशल भुर्तेलले डेब्युपछि लगातार तीन खेलमा अर्धशतकीय पारी खेल्दै विश्वकीर्तिमान कायम गरेका छन् ।

कुशलले मंगलबार नेदरल्याण्डविरुद्धको खेलमा तेस्रो अर्धशतक प्रहार गरेका हुन् । त्रिकोणत्मक टीट्वेन्टी क्रिकेटमार्फत अन्तर्राष्ट्रिय टि ट्वेन्टीमा डेब्यु गरेका भुर्तेलले यसअघि खेलका दुवै खेलमा पनि अर्धशतक हानेका थिए । उनले मलेसिया विरुद्ध अविजित ६१ रन बनाएका थिए ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कुशलले ४१ बलमा ६ चौका र एक छक्काको मद्दतले ५२ रन बनाएर खेलिरहेका छन् ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म डेब्यु ब्याट्सम्यानहरुले लगातार तीन खेलमा अर्धशतक प्रहार गर्न सकेका थिएनन् ।
हजुरले क्रिकेटबारे प्राय कलम चलाउनु हुन्छ । यसको पनि लेख्दा राम्रो नै हालान् कि

सम्बन्धित खबरहरु