उज्यालो नेटवर्ककर्मी पक्राउप्रति पत्रकार महासंघ केन्द्रिय र उपत्यका समिति ध्यानाकर्षण, तत्काल निःशर्त रिहाइको माग

काठमाडौं/ समाचार लेखेको विषयलाई लियर उज्यालो नेटवर्क डटकमको कार्यालयमा प्रहरीले हस्तक्षेप गरि कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक दुर्गालाल तामाङ (प्रभात)लाई प्रहरीले गरेपछि नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले विरोध जनाएका छन् । नेपाल प्रहरीले तामाङद्धयलाई गिरफ्तार गरेको घटनाप्रति महासंघले एक प्रेस विज्ञप्ति जागरी गर्दै तामाङद्धयलाई तत्काल निःशर्त रिहाई गर्न र यस्ता कार्य तत्काल बन्द गर्न सरकार र त्यस मातहतका सबै निकायको ध्यानाकष् गम्भीर ध्यानाकर्षण गरेका हुन् ।

महासंघद्धारा जारी विज्ञप्तिमा पाटन उच्च अदालतले शुक्रबार ‘समाचारको विषयमा टुंगो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु–नगराउनु’ भनी पत्रकार तामाङ सहितका निवेदकको मुद्दामा आदेश दिइसकेको र प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्रधिकारभित्र रही निरुपण गरिसकेको अवस्थामा कार्यालयमै पुगेर पत्रकारलाई गिरफ्तार गर्नु लोकतान्त्रिक विधि र प्रक्रिया मात्र नभई संवैधानिक व्यवस्थामाथिकै ठाडो हस्तक्षेप भएको उल्लेख गरेको छ ।

त्यस्तै, समाचारका विषयमा चित्त नबुझे त्यसप्रति असन्तुष्टि जनाउने त्यसका निश्चित विधि र प्रक्रियालाई वेवास्ता गर्दै सञ्चारगृहमै प्रहरी प्रवेश गरी पत्रकारलाई गिरफ्तार गर्ने कार्य प्रेस स्वतन्त्रता माथिकै प्रहार भएको महासंघको ठम्याई रहेको जनाएको छ ।

महासंघले उज्यालो नेटवर्कका महाप्रवन्धक र कार्यकारी सम्पादक तामाङलाई तत्काल निःशर्त रिहाइ नगरेमा महासंघ आन्दोलनमा जान बाध्य हुनेसमेत चेतानी दिएका छन् ।

त्यस्तैगरी, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति उज्यालो नेटवर्ककर्मी पक्राउ परेकोमा विरोध जनाएको छ । तामाङलाईपक्राउ गर्नुका साथै क्यामेरा , कम्प्युटरलगायत सञ्चार सामाग्री नियन्त्रणमा लिन खोजेको घटनाप्रति नेपाल पत्रकार महासंघ , उपत्यका प्रदेश समिति घोर भर्त्सना गर्दछ विज्ञप्तिमा भनिएको छ ।

साथै, प्रकाशित समाचारको विषय प्रेस काउन्सिलले निरुपण गरिसकेको र सम्मानित उच्च अदालत पाटनले समाचारको विषयलाई लिएर पक्राउ नगर्न दिएको अन्तरिम आदेशलाई कुल्चदै तामाङलाई पक्राउ गरिनु निन्दनीय छ । समाचारसँग जोडिएको विषयमा समाधान खोज्ने निकाय हुँदाहुँदै सुरक्षाकर्मीको हस्तक्षेप देखिनु कानुनी राज्य र विधिको शासनमा गम्भीर प्रश्नहरु खडा भएका छन् । अतः समाचारको विषयलाई लिएर विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरसम्बन्धी मुद्दामा पक्राउ गर्नु कुनै ढंगबाट पनि सही नभएकाले तामाङलाई तत्काल रिहाई गर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मानका साथै प्रेसमाथिको हस्तक्षेप बन्द गर्न महासंघले माग गरेको छ ।

त्यस्तै निरुपण गर्ने निकायले गरि सकेर खण्डन भैसकेको र अदालतले समेत आदेश दिई सकेको विषयमा व्यवास्ता गर्दै तामाङलाई पक्राउ गर्नु उचित नभएको भन्दै तुरुन्तै रिहाइ गर्न माग गर्दै यस्तै प्रेस स्वतन्त्रतामा हस्तक्षेप भएको आन्दोलन गर्ने चेतावनी दिएको छ ।

उज्यालो नेटवर्कले केही समय अगाडि भारतीय रअ प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भएको ४ बुँदे सहमती बारे समाचार प्रकाशन गरेको थियो । सो समाचारपछि सम्पादक बुद्ध लोप्चन र अनिस तामाङलाई धरपकड सुरु गरेको थियो ।

प्रेस काउन्सिल नेपालले मागेको २४ घण्डे स्पष्टीकरणमा उज्यालो नेटवर्कले असावधानीबस समाचार प्रकाशन भएको भनी क्षमा तथा खण्डन गरिसकेको र उच्च अदालत पाटनले सरकारलाई पत्रकारलाई समाचार लेखेकै भरमा रसमाचार खण्डन गरि सकेको अवस्थामा पक्राउ नगर्नु भन्ने आदेशको अवज्ञा गर्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

सम्बन्धित खबरहरु