आगलागीबाट २५ लाख बढीको क्षति

पाँचखाल, काभ्रे/  जिल्लाको पाँचखाल नगरपालिका–४ स्थित तामाघाटमा एक किराना पसलमा आगलागी भएका छन् । गएराती १ बजे भएको आगलागीमा १५ लाख भन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागी भएको थाहा पाउने वित्तिकै पाँचखाल नगरपालिका प्रमुख महेश खरेलको नेतृत्वमा वडा नं ४ का वडा अध्यक्ष शुन्दर तामाङ, पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्की लगाएतका स्थानियहरु घट्नास्थलमा पुगेर आगो नियन्त्रणको प्रयत्न गरेका थिए । पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष कार्कीले अवस्था गम्भिर भएपछि सशस्त्र प्रहरी १५ नं. गणका प्रहरी टोली पाँचखाल नगरपालिकाको दमकल लिएर आइपुगेपछि राती करिब २ः३० बजेसम्ममा आगो नियन्त्रणमा आएको जानकारी दिए ।

पाँचखाल वडा नं २ अनैकोट स्थाई बसोवास भएका दयाराम कोईरालाले पाँचखाल वडा नं ४ मा रहेको घलबहादुर दनुवारको घरमा किराना पसल सञ्चालन गर्दै आएका थिए । कोरोना महामारीका कारण लकडाउन हुने संभावनाले भएकोले केहीदिन अघिमत्रै किराना पसलको लागि आवश्यक सामाग्रीहरु खरिद गरी स्टक राखिएको कोइरालाले बताए । आगो विद्युत सट भएर लागेको हुन सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित खबरहरु