सहिद स्मृति गोल्डकपमा उपाधिका लागि मकवानपुर र आर्मी भिड्दै,कसले मार्ला बाजी ?

मकवानपुर/ हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तर्राष्टिय फुटबल प्रतियोगिताको उपाधिका लागि आज घरेलु टोली मकवानपुर ११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल हेटौंडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा दिउँसो २ बजे हुनेछ । प्रतियोगितामा दुवै टोलीले जित्ने दाबी गरेका छन्। ‘प्रतिस्पर्धी टिम पनि बलियो छ,ु आर्मीको म्यानेजर चुनबहादुर थापाले भने, ुतर पनि प्रतियोगितामा हामीले जित्छौं भन्नेमा आत्मविश्वास छ ।’ आफूहरु प्रतियोगिताको उपाधि जित्ने गरी मैदानमा उत्रने तयारीमा रहेको उनले बताए । हेटौंडाका दर्शकको मन जितेर ट्रफी लैजाने उनको भनाइ छ ।

यस्तै, घरेलु टोली मकवानपुर ११ का म्यानेजर युवराज लामाले आफूहरु घरेलु टोली भएकाले प्रतियोगिताको उपाधि जित्ने मनोबल उच्च भएको बताए। ए डिभिजन लिगको विजेता मछिन्द्रमाथि जित निकालेकाले आफूहरुले फाइनल खेल जित्न उत्साहित बनाएको उनको भनाइ छ।

जिल्ला फुटबल संघ मकवानपुरले आयोजना गरेको प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड बुलेट मोटरसाइकल प्राप्त गर्नेछन् ।

सम्बन्धित खबरहरु