वडा नं. २ नाग्रेगगर्चेको पोल्टमा चौंरीदेउराली अध्यक्ष कपको उपाधि

चौंरीदेउराली, काभ्रे/ चौंरीदेउराली अध्यक्ष गोल्ड कप फुटबलको उपाधि वडा नम्ब्र २ नाग्रेगगर्चेले जितेका छन् । जिल्लाको चौंरीदेउराली गाउँपालिका–३ माझिफेदामा आइतबार सम्पन्न दोस्रो अध्यक्ष कप वडा नम्बर २ नाग्रेगगर्चेले वडा नम्ब्र ७ माडनकुडारीलाई २–० गोलले पराजित गर्दै उपाधि हात परेका हुन् ।

नग्रेगगर्चेको टोलीले दुवै गोल पहिलो हापमा नै गरेका थिए । जवाफमा कुनै गोल फर्काउन नसकेपनि मादनकुडारी उपविजेता समिति भएको हो । त्यस्तै, वडा नम्बर ६ कात्तिके देउराली भने तेस्रो भएको छ । अध्यक्ष कपको विजेता नगद १ लाखसहित ट्रफि, सिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । त्यसैगरी उपविजेता र तेस्रो हुन सफल वडाले क्रमशः नगद ५० हजार र २५ हजार सहित ट्रफि, सिल्ड, मेडल र प्रमाणपत्र हात पारेका छन् ।

प्रतियोगिताको प्रथम हुने खेलाडीहरुलाई प्रदेश सांसद रत्न ढकाल, दोस्रो हुने खेलाडीलाई गाउँपालिका अध्यक्ष दिननाथ गौतम र तेस्रो हुने खेलाडीहरुलाई पालिका उपाध्यक्ष ताराकुमारी चौंलागाईले नगद पुरस्कारसहित ट्रफि, सिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका छन् ।

प्रतियोगिताको उत्कृष्ठ खेलाडी, मिडफिल्डर, गोलरक्षक, सर्वाधिक गोलकर्ता, कोच, रेफ्रि लगायतलाई पनि सम्मान गरिएको थियो । प्रतियोगितामा पालिकाका सबै ९ वटै वडाका खेलाडी टिम प्रतिस्पर्धामा उत्रेका थिए ।

कार्यक्रममा प्रदेश सांसद रत्न ढकालले खेललाई समृद्धिको महत्वपूर्ण पाटो बनाउन सकिने बताए । ‘संसारमा थुप्रै देशहरु खेलकुदलाई आर्थिक समृद्धिको महत्वपूर्ण स्रोत बनाउन सफल भएका छन्, खेलसँग युवा विकास, अनुशानसँगै पर्यटन पनि जोडिन आउँछ, हाम्रो नेपालले पनि त्यसतर्फ ध्यान दिने बेला भएको छ ।’

उनले चालु आर्थिक वर्षमा काफ्ले फुटबल मैदानको स्तरउन्नतीका लागि आफूले १० लाख बजेट विनियोजन गरेको बताए । तिनै मैदानमा दोस्रो अध्यक्ष कप फुटबल सम्पन्न भएकोमा खुसी व्यक्त गरे । सांसद ढकालले चौंरीदेउरालीमा सडक, अस्पताल, खानेपानी लगायत क्षेत्रको विकासमा बढि लागि परेको समेत जानकारी दिए ।

गाउँपालिका अध्यक्ष गौतमले खेलाडी पहिचानको संवाहक भएको बताए । उनले खेलले विकास, गतिशिलता र अनुशासनको विकास गराउने धारणा व्यक्त गरे ।
‘खेलमा हारजित स्वाभाविक हो, क्षमता विकास तथा प्रगतीको सिमाना हुदैन, झनै बढाउँदै लैजाने हो, कमजोरी बेहोर्नेहरुले सच्याउदै अघि बढ्ने हो ।’ भनले भने ।

प्रतियोगिता संयोजक वडा नम्बर ३ का वडाध्यक्ष विनोद घिसिङले शुक्रबार सुरु भएको प्रतियोगिता आइतबार समापन गरिएको जानकारी दिए । उनले युवा जमातमा अनुशासन, भातृत्व र एकताका लागि प्रतियोगिता महत्वपूर्ण रहेको समेत बताए ।

 

सम्बन्धित खबरहरु