तामाङ चलचित्र ‘प्रङना’लाई आदिवासी चलचित्र अवार्ड

काठमाडौँ/ नेपालको एक प्रतिष्ठित राष्ट्रिय चलचित्र नेफ्ट अवार्ड तामाङ कथानक चलचित्र ‘प्रङ्ना’लाई पाएको छ । चलचित्र ‘प्रङ्ना’ले आदिवासी चलचित्र बिधातर्फको उत्कृष्ट हुँदै १० औँ नेफ्टा फिल्म अवाड पाएको हो ।

चलचित्र ‘प्रङ्ना’ परिवारले गोङ्बु बर्गर हाउस भेला भई उत्सव र खुसीसमेत साटेका छन् । चलचित्र चलचित्रमा निर्देशक राज किङ, प्रोड्युसर छिमी मम्बा र सिनेमेटोग्राफिमा सन्चु थोकर रहेका छन । को निर्देशक राज किङ वाईबाले गरेका हुन् । त्यस्तै, निर्माता छिमी मम्बा र सिनेमेटोग्राफिमा सन्चु थोकर रहेका छन् ।
अवार्ड प्राप्तपछि खुशी साट्दै चलचित्रका मुख्य कलाकार बिगेन्द्र वाईबाले अवार्ड ‘प्रङना’ परिवार, तामाङ समुदायको मात्र नभएर सम्पुर्ण आदिवासी जनजाति चलचित्रकर्मीहरुको प्रोत्साहन र उर्जाको रुपमा लिएको बताए । उनले उक्त चलचित्रमा मुख्य कलाकारको रुपमा रहेर राजा पात्रको भुमिकामा अभिनय गरेका छन् । उनको यो चलचित्र डेब्यु चलचित्रसमेत हुन् ।

२०७७ फागुन २९ को साँझ २०७५ सालको नेफ्टा अवार्ड वितरण गरिएको थियो । अयोजक चलचित्र प्राविधिकले कोरोनाको कारण गत साल अवार्ड कार्यक्रम सम्पन्न हुन नसकेका जनाए । कार्यक्रममा संघले ‘१० औँ नेफ्टा फिल्म अवार्ड’ होटेल सोल्टीमा चलचित्र कलाकर्मीकावीच वितरण गरिएका थिए ।

यस अवार्डमा चलचित्र ‘छक्का पञ्जा ३’ र ‘प्रसाद’ को वर्चश्व कायम गरेका छन् । यी दुई चलचित्रले ६–६ वटा अवार्ड प्राप्त गरेको छ । त्यस्तै, चलचित्र ‘प्रसाद’बाट नायकमा विपिन कार्की र ‘साहिँली’बाट नायिकामा मेनुका प्रधान उत्कृष्ट भएका छन् । उत्कृष्छट निर्देशकतर्फ दिपाश्री निरौलाले अवार्ड हात पारेकी थिइन् ।

सम्बन्धित खबरहरु