गोकुले माविका शिक्षकद्धारा घाँटीका पीडित विद्यार्थीलाई आर्थिक सहयोग

महाभारत, काभ्रे/ जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका वडा नम्बर १ स्थित रहेका गोकुले माध्यमिक विद्यालयका शिक्षकहरुद्धारा घाँटीको रोगबाट पीडित विद्यार्थीलाई आर्थिक सहयोग गरको छन् । महाभारत–१ को वडा अध्यक्ष कान्छामान जिम्बाको विशेष उपस्थितिमा सोही वडाको आरुबोटे स्थित् स्थायी घर भई विद्यालयमा अध्ययनरत ११ वर्षीय बुद्धिलाल योञ्जनलाई आथिक सहयोग गरेका हुन् । सहयोग रकम पीडितका आमालाई वडाध्यक्ष जिम्बा र विद्यालयका शिक्षिक ओमनारायण चौधारीले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।

विद्यालयका शिक्षक पुर्ण श्रेष्ठले घाँटीको रोगबाट पीडित योञ्जनलाई उपचारमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयमा कार्यरत १६ जना शिक्षक÷शिक्षिकाहरुबाट एकमुष्ट रुपमा १७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको जानकारी दिए । उनका अुनसार योञ्जन गोकुल माविमा कक्षा ४ मा अध्ययनरत विद्यार्थी हुन् । सोही माविका अर्का शिक्षक ओमनारायण चौधारीले योञ्जन विद्यालयकै मेहिनेती तथा इमान्दार विद्यार्थी भएको बताए ।

त्यस्तै, पीडितको बुबा बेलाबहादुर योञ्जनले घरको आर्थिक अवस्था निकै कमजोर हुँदा चाहेर पनि छोराको उपचार गर्न नसकेको बताए । ‘आर्थिक समस्याकै कारण अस्पतालमा लैजान सकेको छैन,’ उनले भने, ‘परिवारिक अवस्था पनि कमजोर हुँदा ऋण स्वरुपको सहयोग पनि पाउन सकेन ।’

योञ्जन विगत २ वर्षदेखि नै घाँटी सम्बन्धीको रोगबाट पीडित छन् । उक्त रोगको समस्याले गर्दा उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि विद्यालयको शिक्षकहरुले समयमा नै उपचार गर्न सल्लाह समेत दिएका छन् ।

सम्बन्धित खबरहरु