खानीखोलामा ४ सय ३५ जनाले लगाए कोरोनाविरुद्धको खोप

खानीखोला, काभ्रे/ जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिकामा ४ सय ३४ जनाले कोरोना भाइरस (कोभिड–१९) रोग विरुद्धको खोप लगाएका छन् । खानीखोला गाउँपालिका स्वास्थ्या खाशा संयोजक रामपुकार यादवले दोस्रो चरणको कोराना खोप अभियन अन्र्तगत ६५ वर्ष माथिका २ सय २२ जना महिला र २ सय १३ जना पुरुष गरी ४ सय ३५ जनाले कोरोना विरुद्धको खोप लगाएको जानकारी दिए ।

शाखाका संयोजक यादवले गाउँपालिकामा लक्षित संख्या १ हजार २४ जना भएता पनि ४ सय ३५ जनाले मात्रै भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाको ७ वटै वडामा एक–एक वटा खोप केन्द राखिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको निर्देशन अुनसार गाउँपालिका स्वास्थ्य संयोजक यादवका नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले वडा रहेका स्वास्थ्य केन्द तथा समाुदायिक स्वास्थ्य इकाईको कार्यालयबाट खोप सञ्चालन गरेका थिए ।

शाखाका अनुसार वडा नम्बर १ मा ५ महिला ५ पुरुष गरी १० जना, वडा नम्बर २ मा ४६ महिला र ४४ पुरुष गरी ९० जना, वडा नम्बर ३ मा २५ महिला र ३० पुरुष गरी ५५ जना, वडा नम्बर ४ मा २३ महिला र २७ पुरुष गरी ५० जना, वडा नम्बर ५ मा ६७ महिला र ४९ पुरुष गरी १ सय १६ जना, वडा नम्बर ६ मा १६ महिला र १४ पुरुष गरी ३० जना र वडा नम्बर ७ मा ४० महिला र ४४ पुरुष गरी ८४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

खोप कार्यक्रमममा समुदायिक स्वास्थ्य इकाई, जगथलीका प्रमुख चन्द्रकुमार लुुङ्गेली मगरले खानीखोला–४ बाट २३ महिला र २७ पुरुष गरी ५० जनाले खोप लगाएको जानकारी दिए । उनले स्वास्थ्य कर्मी, स्वयंम सेविका तथा स्थानीयको सक्रियातामा खोप अभियान सोचेअनुसार नै सम्पन्न भएको बताए । ‘खोप लगाएका कसैलाई साइड इफेक्ट देखिए तत्काल उपचारको लागि चिकित्सकसहितको टोलीसमेत तयारी अवस्थामा राखिएको थियो ।’ उनले भने ।

त्यस्तै खानीखोला गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विरबहादुर वाईबाले निर्धारित समयमा नै सबैलाई कोरोना भाइरसविरुद्धको खोप लगाएको स्पष्ट पारे । उनले खोप केन्द्रमा सँगसँगै परामर्श दिने र खोप लगाएकाहरुलाई केही समय अब्जरभेसनमा राख्ने व्यवस्था गरिएको बताए । खानीखोला–४ मा वडाध्यक्ष लामाले कोभिड–१९ विरुद्धको खोप लगाएर खोप सेवाको सुरुवात गरेका थिए । खोप अभियान फागुन २३ गतेबाट जिल्लाको १३ वटै स्थानीय तहमा सञ्चालन भएको थियो ।

सम्बन्धित खबरहरु