अमेरिका–चीन तनावः शीतयुद्धभन्दा झन् खतरनाक

एजेन्सी/ अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङ प्रशासनका वरिष्ठ अधिकारीहरूबीच हुने वार्तालाई निकै महत्व दिइन्छ। किनकी, तनावपूर्ण सम्बन्ध झेलिरहेका विश्वका दुई महाशक्तिले अब के गर्लान् भन्नेमा सबैको चासो रहन्छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन र राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिवनले बिहीबार (आज) चीनका विदेशमन्त्री वाङ यी र वरिष्ठ कूटनीतिज्ञ यङ जिइचीसँग भेटघाट गर्दैछन्।

यो भेट हुँदैगर्दा बाइडेनको टीमले आफूहरू कुनै भ्रममा नरहेको बताइरहेको छ। ब्लिंकेनले यो कुनै रणनीतिक वार्ता नभएको र यतिखेर कुनै हल्लाका पछि नलाग्ने प्रतिक्रिया दिएका छन्। अमेरिकी चासो र चिन्तालाई चीनले ठीक ढंगले सम्बोधन गरे र त्यसमा प्रगति भएमात्रै दुई देशबीच समन्वयको बाटो थप फराकिलो हुनसक्ने उनले बताइरहेका छन्।

पछिल्ला केही वर्षयता अमेरिका र चीनबीचको सबन्ध निकै तनावपूर्ण रहिआएको छ। सुधार हुने कुनै संकेत देखिएको छैन।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार पदमा नियुक्त हुनुअघि सुलिवानले एसिया मामिलामा बाइडेनका शीर्ष सल्लाहकार कुर्ट क्याम्बेलसँग फरेन अफेयर्स पत्रिकामा एक सहलेखन गरेका थिए। सो लेखमा उनले चीनसँग वार्ताको सम्भावना समाप्त हुने अवस्थामा पुगेको दाबी गरेका थिए।

वासिङ्‌टन र बेइजिङबीच सम्बन्ध कस्तो छ भनी थाहा पाउन गाह्रै पर्छ। नीतिगत विकल्पको मानकलाई नै निर्धारण गर्ने यो सम्बन्धबारे धेरैको चासो रहिआएको छ। सम्बन्धमा तलमाथि हुँदा दुई देशबीच वार्तालापकै श्रृंखला टुट्ने गर्छ।

इतिहास सधैँ दोहारिन्छ भन्ने हुँदैन। चुलिँदो मतभेद आपसी समानतामै भारी पर्नसक्छ।

दुई शक्तिशाली, तर अलग राजनीतिक व्यवस्था भएको देशबीच भइरहेको अहिलेको संघर्षले तत्कालीन सोभियत संघ–अमेरिका शीतयुद्धलाई फेरि सम्झाइदिएको छ।
अहिले अमेरिका–चीनबीच कायम तनावमा त्यतिखेर झैँ टकरावको आवाज सुनिएको छ। मौजुदा तनावलाई आम स्तरमा नयाँ शीतयुद्ध भन्न थालिएको छ। २० औं शताब्दीको झण्डै आधा समयसम्म अमेरिका र रूसबीचको शीतयुद्ध विश्वले ब्यहोर्नुपरेको थियो। सो युद्धको सन्त्रासपूर्ण छायाले विश्वलाई नै ढाकेको थियो।

अहिले स्थिति लगभग त्यस्तै छ। बाइडेन प्रशासनले यसै महिना अन्तरिम विदेशी नीति सम्बन्धी रणनीति नोटिस जारी गरेको छ, जसअनुसार चौतर्फी मुखर भइरहेको चीनलाई नै आर्थिक, कूटनीतिक, सैन्य र व्यापार दृष्टिकोणले सम्भावित प्रतिद्वन्द्वी मानिएको छ। साथै, चीन अब खुला अन्तरराष्ट्रिय व्यवस्थालाई पार गर्ने अवस्थामा पुगेको उल्लेख छ।

बाइडेन प्रशासनको मूलमन्त्र नै आवश्यक परेका बेला चीनलाई चुनौती दिने र विश्वमा जहाँ सम्भव हुन्छ ? त्यहाँ सहयोग गर्ने रहेको छ।

दोस्रोतर्फ, चीनले पनि यही रणनीति अपनाइरहेको छ। एकातर्फ बेइजिङ रचनात्मक सम्बन्ध कायम गर्न र अर्कातर्फ आफ्नो हितलाई ध्यानमा राख्दै आवश्यक कदम चाल्न तयार अवस्थामा देखिन्छ। हङकङको लोकतान्त्रिक प्रदर्शनमा गरिएको दमनदेखि देशभित्रै वीगर मुसलमान समुदायमाथि उत्पीडन मामिलामा चीनले आफ्नो हितलाई नै केन्द्रमा राखिरहेको छ।

आफ्ना सामाजिक र आर्थिक मोडललाई थप प्रभावकारी बनाउन र प्रचार गर्न अमेरिकी कमजोरी चीनका लागि सहायकसिद्ध भइरहेका छन्।

अमेरिका र चीनबीचको सम्बन्धलाई सर्सती नियाल्दा शीतयुद्धको संज्ञा दिन सकिन्छ। तर के, वास्तवमा स्थिति यस्तै हो त ?

शीतयुद्धताका तत्कालीन सोभियत संघ र उसका सहयोगी देश विश्व अर्थव्यवस्थाबाट अलग थियो। ती देशमाथि निर्यात प्रतिबन्ध लागेको थियो।

अहिलेको स्थितिमा चीन विश्व अर्थव्यवस्थाको मुखिया बनिसकेको छ। त्यहाँको अर्थव्यवस्था निकै हदसम्म अमेरिकी अर्थव्यवस्थासँग जोडिइसकेको छ।

अमेरिका र सोभियत संघबीच शीतयुद्ध हुँदा प्रयोगको क्षेत्र निकै महत्वपूर्ण थियो। पहिलो त हतियारलाई लिएर होडबाजी थियो र पछि त्यो अन्तरिक्षसम्म पुग्ने प्रतिष्पर्धासम्म फैलियो।

अहिले अमेरिका र चीनबीच भइरहेको नयाँ शीतयुद्धमा पनि प्रयोगले नै महत्वपूर्ण स्थान ओगटेको छ। कृत्रिम बौद्धिकता ९आर्टिफिसियल इन्टिलिजेन्स० र पाँचौं पुस्ताको इन्टरनेट (फाइभ जी) सेवा प्रयोगसम्म यो लडाइँ तन्किएको छ।

शीतयुद्धको खतरनाक मोडल
अहिले वैश्विक परिदृश्य बदलिइरहेको छ। शीतयुद्धको समयमा विश्वभर दुई स्थिर गुट थिए। केही महत्वपूर्ण देश असंलग्न पनि थिए (पश्चिमाले यी देशहरूलाई सोभियत समर्थन नै भन्ने गर्थे।)

अहिले विश्व बहुध्रुवमा बाँडिएको छ। उदारवादीहरूमाथि अहिलेजस्तो खतरा कहिल्यै मडारिएको थिएन। यो क्रम जारी रहँदा विश्वभर नै चीन आफ्नो दृष्ट्रिकोण फैलाउन र कार्यान्वयन गराउन (लाद्न) सफल भइरहेको छ।

तर शीतयुद्धको मोडल निकै खतरनाक छ। यो यस्तो राजनीतिक संघर्ष थियो–जहाँ दुवै पक्षले एक अर्कोको वैधता नै अस्वीकार गर्थे।

त्यतिखेर अमेरिका र सोभियत संघबीच प्रत्यक्ष संघर्ष भएन, तर अप्रत्यक्ष संघर्षमा लाखौं मानिसहरूको ज्यान गयो। शीतयुद्धको भयानकता र यसको कूप्रभाव बुझ्न त्यतिखेरको वास्तविकता नै पर्याप्त हुनसक्छ।

अन्तिम स्थितिमा सोभियत संघ पराजित भयो। त्यतिखेर रूसमा रहेको व्यवस्था अब इतिहास भइसकेको छ।

यसैकारण, अहिले चीन र अमेरिकाबीच भइरहेको संघर्षलाई पनि जोखिमपूर्ण ढंगले हेर्ने गरिएको छ। यी दुई देशको कट्टर वैचारिकतालाई लिएर थप असमञ्जस्यता निम्तिने र हार हुने खतरा टार्न चीन जुनसुकै हदसम्म जाने केही धेरैको आंशका रहिआएको छ।

तर, अहिलेको चीन तत्कालीन सोभियत संघभन्दा निकै शक्तिशाली भइसकेको छ। सोभियत संघ समुन्नतिको शीर्ष स्थानमा रहँदा पनि अमेरिकी जीडिपीको ४० प्रतिशत हाराहारीमा मात्रै पुगेको थियो। तर, अहिले चीनको जीडिपी अमेरिकाकै बराबर भइसकेको छ।

१९ औं शताब्दीमा अमेरिकाले टक्कर लिएका मुलुकमध्ये चीन पनि एक शक्तिशाली मुलुक थियो। आगामी कयौं दशकसम्म पनि दुई देशबीच यही स्थिति रहने पक्कापक्की छ।

अवस्था झन् खतरनाक
प्रतिद्वन्द्विता यो युगका लागि आवश्यक नै हो। थोत्रा कल्पना र इतिहासका झुठा सन्दर्भबाट हामीले आफूलाई अलग राख्नैपर्छ।

​वास्तवमा यो शीतयुद्ध–२ को अवस्था होइन, सो भन्दा निकै खतरनाक स्थिति हो। धेरै क्षेत्रहरूमा अमेरिकाको सबैभन्दा ठूलो प्रतिद्वन्द्वीको रुपमा चीन उभिएको छ।
चीन अहिलेसम्म विश्व महाशक्ति बनिसकेको छैन। तर, अमेरिकी सुरक्षाका लागि महत्वपूर्ण क्षेत्रमा चीनले सैन्य प्रतिद्वन्द्विता देखाइसकेको छ।

आफूले भन्दै आएको असल व्यापार अभ्यास, लोकतान्त्रिक मूल्य र मानवअधिकार अक्षुण्ण राख्न, एसिया–प्रशान्त क्षेत्रमा जलवायु परिवर्तन तथा स्थायित्वका लागि अमेरिकाले चीनमाथि दबाब दिइरहेको छ। एक हिसाबले यो रणनीतिक प्रतिष्पर्धालाई व्यवस्थापन गर्ने बदलिएको तरिका मान्न सकिन्छ।

यी दुई देशबीच भइरहेको होडबाजीलाई न कमजोर मान्न सकिन्छ, न त बढाइँचढाइ पेश गर्न मिल्छ।

अहिले यो धारणा पनि बनिरहेको छ–चीन अघि बढिरहेको छ र अमेरिका पछि परिरहेको छ। तर यो कमजोर धारणा हो। केही सच्चाइ त छन्, तर पूरा तस्वीर भने यो धारणामा देख्न सकिँदैन।

अमेरिकाले ट्रम्पको मनलाग्दीका बीच आपतमा परेको लोकतन्त्रलाई फेरि बलियो बनाउन सक्छ कि सक्दैन, सहयोगीहरूलाई आफू नै अन्तरराष्ट्रिय क्षेत्रमा लगातार स्थायी र विश्वासयोग्य मित्रका रुपमा खडा हुने भरोसा दिन सक्छ कि सक्दैन? आफ्नो शैक्षिक र वैज्ञानिक दायरलाई तीव्र विस्तार गर्न सक्छ कि सक्दैनरु यी प्रश्नहरूमाथि अमेरिकी जवाफ र व्यवहारले जारी शीतयुद्धमा महत्वपूर्ण अर्थ राख्छ ।

बेइजिङ प्रशासन धेरै हदसम्म वासिङ्‌टन प्रशासनमाथि हावी भइसकेको छ। तर, निरन्तर सर्वसत्तावादी दृष्ट्रिकोणले चीनको आर्थिक प्रगतिलाई प्रभाव पार्छ कि पादैन ? आर्थिक वृद्धिमा सुस्तता र वृद्धिहरूको बढ्दो संख्याका कारण निम्तिने समस्यालाई हल गर्नसक्छ ? त्यहाँको कम्युनिष्ट पार्टीलाई लामो समयसम्म चिनियाँ जनताको समर्थन र विश्वास मिलिरहनेछरु यी प्रश्न चीनको भविष्यका लागि उत्तिकै महत्वपूर्ण छन् ।

अमेरिकाको हालत पनि यही हो। तर, अमेरिकाको शानदार गतिशील समाज नयाँ सिराबाट नयाँ बाटो खोज्न अलि बढी सक्षम छ।

माथिका सबै सन्दर्भमा घोत्लिँदा, उतारचढावयुक्त बाटोबाट हिँडिरहेका अमेरिका र चीनबीच हुने टकरावका परकम्प सहन विश्व तयार भएर बस्नुपर्ने देखिन्छ। आगामी बाटो यस्तै छ। अहिलेहाल त यी दुई देशले यस्तो यात्रा थालेकामात्र हुन्।

सम्बन्धित खबरहरु