हे खल्ती तँ खाली भएर नगरिदे गल्ती !

कविताः ‘खल्ती’
हे खल्ती तँ खाली भएर नगरिदे गल्ती !
तँ भरि हुदा चारै तिर मेरो चल्ती
त खाली हुदा मैले राम्रो काम गरेपनी देख्छन सब ले मेरै गल्ती !!
हे खल्ती तँ खाली भएर नगरिदे है गल्ती
हे खल्ती तेरै कारणले कति साथीभाइहरु छुटे त कति सम्बन्ध हरु टुटे,
कहि कतै छोराले आफ्नै बुबालाई र बुहारीले सासुलाइ समेत कुटे,
हुदाँहुदै अबोध बालिकाको इज्जत सम्म लुटे !
हे खल्ती तँ खाली भएर नगरिदे है गल्ती !
खल्ती तँ खाली हुदा हाम्रा कतिपय चेलीबेटीले ध्यान घुमाए त कति युवाहरुले खाडीमा ज्यान समेत गुमाए !!
खल्ती प्लिज तँ बाट सबैकोमा भरिदे
तँ भरेर सबैको मुहारमा मुस्कान छरिदे तर फेरि खल्ती खाली भएर गल्ती चाहिँ नगरिदे ।

♦ विशाल श्रेष्ठ
हालः दक्षिण कोरिया

सम्बन्धित खबरहरु