सांसद हुमागाईंको आग्रहः ओली र उनका साइबर सेना नामका स्यालहरुले छारेको भ्रम र प्रलोभनमा नपार्नु

खानीखोलामा नेकपा वडा स्तरीय कार्यकर्ता भेला, उत्साहजनक उपस्थिति

खानीखोला, काभ्रे/ जिल्लाको विकट क्षेत्र खानीखोलामा नेपाल कम्युनिष्ट पार्टी (नेकप) वडा स्तरीय कार्यकर्ता भेला भएको छ । वाग्मती प्रदेश सभा सदस्य माननीय बसुन्धरा हुमागाईँको प्रमुख अतिथ्यमा विहीबार खानीखोला गाउँपालिका वडा नम्बर ५ स्थित् ताल्ढुंगामा भेला भएको हो ।

कार्यक्रममा सांसद हुमागाईले बहुमत केन्द्रिय सदस्य भएको प्रचण्ड–माधव नेतृत्वको पार्टी नै आधिकारिक नेकपा भएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले उनका साइबर सेना नामका स्यालहरुले छारेको भ्रम र प्रलोभनमा नपार्नसमेत जनतालाई आग्रह गरे । ‘अहिले कुन पक्ष आधिकारिक भन्नेमा तपाईहरु दुविधा होला त्यो भ्रम हटाउनोस् किनकी आधिकारिक पार्टी प्रचण्ड–माधवले नेतृत्वको नेकपा नै हो,’ उनले भने, ‘बुहमत केन्द्रिय सदस्य हामीतिर छ भनेपछि चुनाव चिन्ह सुर्य पनि हाम्रो हुन्छ ।’

कार्यक्रममा नेकपा बागमती प्रदेश कमिटी सदस्य इन्द्रबहादुर थिङ् ‘छिन्ताङ’ ले प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभाको विघटन असंबैधानिक भएको बताउँदै आम जनता संविधान रक्षाको लागि एक भएर लाग्नु पर्ने बताए ।

त्यस्तै नेकपाका नेता दैवलाल घिसिङ ‘अनुशील’ले प्रधानमन्त्री ओलीको शैली राजामहाराजाको भन्दा नफरक नभएको बताए । ‘ओलीले प्रतिनिधिसभाको विघटन गर्नु आफैले जन्माएको सन्तानको घाँटीमा थिचेर हत्या गुर्न जस्तै हो’ उनले भने ।

नेता घिसिङले कार्यक्रममा जनताको उत्साहजनक उपस्थिति भएको जानकारी समेत दिए । उनको अनुसार शुक्रबार खानीखोला–१ मा वडा स्तरीय कर्याकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम रहेका छन् ।

कार्यक्रममा नेकपा काभ्रेका जिल्ला कमिटि सदस्य मीना पाख्रिन ‘अनु’, दावा घिसिङ, राजन अधिकारी, अविरल जिम्बा, प्रेमप्रकाश लामा, तत्कालीन डाँडागाउँ गा.वि.स. अध्यक्ष वयान सिं बल, अनेमासंघको जिल्ला सदस्य सीतादेवी तिमल्सिना सागर जिम्बा लगायतले मन्तव्य राखेका थिए । त्यस्तै, नेकपा खानीखोलाका नेता सुवर्ण थिङ, शेरमान थोकर, निसान मोक्तान, विजय लोप्चान, गाउँ सभा सदस्य बाबु गोले, च्यापसाङ् सिङ्तान, पूर्व वडा अध्यक्ष मनहरि बजगाईँ, साल्मेचाकल गाउँ कमिटीको तत्कालीन नेकपा (एमाले)का संस्थापक नेता पदम तिमल्सिना, चन्द्र थोकर लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेका थिए ।

खानीखोलाका नेता देवान सिं लामाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अग्नी लामाले स्वागत मन्तव्य र विनोद नेपालीले कार्यक्रम सञ्चालन गरेका थिए ।

संघर्ष समिति गठन
केपी ओलीको असंवैधानिक कदमको विरुद्धमा ५ नम्बर वडाको संघर्ष समिति गठन गरेको छन् ।

संघर्ष समितिको संयोजकमा बाबू लामा, सह–संयोजक सीतादेवी तिमल्सिना सहित ३५ सदस्य कमिटी गठन गरेका हुन् ।

त्यस्तै, वडा नम्बर ६ को वडा स्तरीय संघर्ष समिति संयोजकमा जीतकुमारी राउत, सह–संयोजक बाबुलाल घलान सहित ४१ सदस्य कमिटी गठन गरेको छ ।

सम्बन्धित खबरहरु