पत्रकार अरबिन्द्र गौतमलाई मोफसल पत्रकारिता पुरस्कार

काभ्रेपलान्चोक । राम्रो सन्देश डटकमका सह सम्पादक , माउन्टेन टेलिभिजनका काभ्रे सहयोगी र कोशिपारी अन्लाईन न्यजका संचालक अरबिन्द्र गौतम बुधबार डिल्लिबजार काठमाडौमा सञ्चार तथा सूचना प्रबिधी मन्त्री नेपाल सरकारका प्रबक्ता माननीय श्री पार्बत गुरुङ र बरिष्ठ कलाकार मदनदास श्रेष्ठले नगद पाँच हजार पाँच सय पचपन्न रुपैयासहित मोफसल पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन ।

काभ्रेपलान्चोक जिल्लामा जन्मनु भइ राष्ट्रिय रुपमा स्थानीय समाचारहरु लाई सम्प्रेषण गरि नेपाल सञ्चार क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गरि गौरीशंकर च्छोरोल्पा मिडिया प्रा .लि को प्रथम वार्षिकोत्सवको अवसरमा गौतमलाई काठमाडौको डिल्लीबजारमा उक्त पुरस्कर प्रदान गरिएको थियो ।

साथै कार्यक्रममा अथितिहरुले आगामी दिनमा पनि नेपाली पत्रकारिता क्षेत्रमा गौमतको क्रियाशिलताले सफलता पाओस भन्दै शुभकामना समेत व्यक्त गरेका थिए ।

सम्बन्धित खबरहरु