फमालेटारमा नेकपाको अगुवा कार्यकर्ता भेला सम्पन्न

खानीखोला, काभ्रे/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खानीखोला गाउँपालिका–२ फलामेटारमा वडा स्तरीय कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम वाग्मती प्रदेश सभाका सांसद माननीय क।बसुन्धरा हुमागाईँ प्रमुख आतिथ्यताा सम्पन्न भएको हो ।

कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य इन्द्र बहादुर थिङ (छिन्ताङ), पार्टी जिल्लाको नेता दैवलाल घिसिङ ‘अनुशील’, मीना पाख्रिन (अनु’, राजन अधिकारी खानीखोलाका नेता सागर जिम्बा सुरेन्द्र गोले ,रामशरण खुलालले मन्तव्य राख्ने क्रममा प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमको विरुद्ध सडक संघर्षमा नेता तथा कार्यकर्तालाई एक ढिक्का भएर लाग्न आह्वान गरेका थिए ।

सुवर्ण थिङ वडा अध्यक्ष इन्द्र बहादुर थिङ् वडा सदस्यहरू लालमान घिसिङ, बिरानीमायाँ थिङ, सुरेन्द्र थिङ, पूर्व वडा अध्यक्ष चन्द्र बहादुर थिङ् , नेकपा खानीखोलाका वरिष्ठ नेता कुल बहादुर थिङ लगायतको उपस्थिति रहेका थिए ।

सुवर्णको नेतृत्वमा ३१ सदस्यीय संघर्ष समिति गठन
सोही अवसरमा भएको कार्यक्रममा सुवर्ण थिङको नेतृत्वमा ३१ सदस्य संघर्ष समिति गठन गरेका छन् ।

यस्तै, राष्ट्रिय युवा संघ, नेपालको ४७ सदस्यीय वडा सम्मेलन आयोजक कमिटी गठन गरेको छ । जसमा संयोजकमा विकास थिङ र सह–संयोजक राजकुमार ब्लोन रहेका छन् ।

सम्बन्धित खबरहरु