काभ्रेको नारायणस्थान र भुरुङ्गे लेकमा हिउँ परेपछिको रमणीय दृश्य (फोटो फिचर)

काभ्रे/ जिल्लाको बेधानचोक गाउँपालिकाकास्थित नारायणस्थान, भुरुङ्गे लेक र त्यस महाभारत श्रङ्खलको आसपासको सबैजसो क्षेत्रमा बाक्लो रुपमा हिउँ परेको छ । शनिबार हिउँ परेसँगै सो क्षेत्रमा घुम्न जाने आन्तरिक पर्यटकको संख्या पनि ह्वात्तै बढेका छन् ।

हिमपातबीच चिसोले बढे पनि त्यसको पर्वाह नगरी अन्तरिक पर्यकटहरु हिउँमा रमाउन निस्किएका छन् । यहाँको जनजीवन कष्टर बनेको भने छैन ।

लामो समय खडेरी भोगेका किसान बालीनाली सप्रने भन्दै खुसी भएका छन् । तर बाटोमा बाक्लो हिउँ जमेको कारण हिउँमा गाडी चिप्लिने हुँदा बनेपा, पनौती हुँदै जिल्लाको विकट क्षेत्र महाभारत र खानीखोला गाउँपालिकामा चल्ने बस लगायतका सवारी साधनलाई भने समस्या परेको छ ।

नेकपा काभ्रेका नेता दैवलाल घिसिङले पनि खानीखोला गाउँपालिका–२ स्थित फलामेटारको एक कार्यत्रमबाट फर्किने क्रममा हिउँ परेपछि आफुसहितका वाग्मती प्रदेश सभाका सांसद माननीय बसुन्धरा हुमागाईँ, बागमती पार्टी प्रदेश कमिटी सदस्य , इन्द्र बहादुर थिङ ‘छिन्ताङ’, पार्टी जिल्लाको नेताहरु मीना पाख्रिन ‘अनु’, राजन अधिकारी, रामशरण खुलाल लगायतले केही बेर गाडी राकेर हिउँमा रमाइलोसमेत गरेको बताए । बाटोमा बाक्लो हिउँको परेको कारण गाडी चिप्लिने हुँदा केही समस्या पनि भएको उनको भनाइ छ । ‘हामीले केही ठाउँमा त गाडीलाई ठेल्दैसमेत ल्यायौँ ।’ उनले भने । तस्वीरहरु इन्द्र बहादुर थिङ, दैवलाल घिसिङ, राजन अधिकारी, सागर जिम्बाको फेसबुकबाट लिएका हुन् ।

केही तस्वीर झलकः

सम्बन्धित खबरहरु