स्वयम्भूको संरचना नभत्काउन माग गर्दै हस्ताक्षर संकलन

काठमाडौं/ स्वयम्भू संरचना बचाउ अभियान मञ्चले स्वयम्भूको संरचना नभत्काउन माग गर्दै हस्ताक्षर संकलन गरेको छ ।

सडक विभागले दोस्रो चक्रपथ विस्तारका लागि स्वयम्भूुको चैत्य भत्काउन लागेपछि अभियान मञ्चले हस्ताक्षर संकलन गरेको हो ।

अभियान मञ्चका अनुसार २४ गतेबाट हस्ताक्षर संकलन अभियान सुरु भएको हो । आज भने,बौद्धमा हस्ताक्षर संकलन भइरहेको छ ।

​अभियान मञ्चका सहसंयोजक तेम्डी शेर्र्पाले सडक विस्तारको नाममा स्वयम्भूको संरचना भत्काउन लागेको भन्दै यथाशीघ्र राख्न माग राखेर हस्ताक्षर संकलन गरेको जानकारी दिए ।

उनले भने, ‘हामी विकास विरोधी होइन । तर, विकासको नाममा विश्व सम्पदामा सूचीकृत सम्पदा मास्न पाइँदैन ।

त्यसैले यसविरुद्ध हस्ताक्षर अभियान थालेका हौँ ।’ उनका अनुसार माग पूरा नहुन्जेल उपत्यकाका विभिन्न ठाउँबाट यसरी नै हस्ताक्षर संकलन गरिने छ ।
हस्ताक्षर संकलन गरिसकेपछि सरकारलाई हस्तान्तरण गर्ने उनले जानकारी दिए ।

सम्बन्धित खबरहरु