सत्ता छोडेर सडकमा जाने प्रचण्ड–माधवलाई चुनाव चिन्ह ‘सुकुल’ सुहाउँछ– गोकुल बाँस्कोटा

प्रचण्ड–माधवले जनताको मत पाउनु सट्टा खरानी मात्रै पाउछ

बनेपा, काभ्रे/ पुर्व मन्त्री एवं नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गोकुल बास्कोटाले सरकारलाई असहयोग गर्दै सत्ता छाडेर सडकमा जाने प्रचण्ड–माधव समुहलाई निर्वाचनमा चुनवा चिन्ह ‘सुकुल’ सुहाँउने बताए । शनिबार कडा सुरक्षा व्यवस्थाबीच काभ्रेको बनेपामा आयोजित ओली पक्षको अगुवा कार्यकता भेला तथा विस्तारित जिल्ला कमिटिको बैठकमा सो कुरा बताएका हुन् ।

‘हामी यहाँ छौँ भनेर माइतीघरको सकडमा बस्न जानेलाई निर्वाचनमा चुनाव चिन्ह ‘सुकुल’ सुहाँउछ,’ उनले भने, ‘सुर्य चिन्ह हाम्रो हो प्रचण्ड–माधवले पाउने दिवा स्वप्न नदेखे हुन्छ ।’

यो पनि पढ्नुहोस्

‘प्रचण्ड’ ढुलमुले, दुई जिब्रे, फुटलान्ते र परिवारवादी नेता–मन्त्री थापा

संसद विघटन गरी निर्वाचनमा जाने सरकारको निर्णय स्वागत योग्य–आनन्द पोखरेल


उनले संघीयता जनताको लागि भारी भएको कारण नस्विकारेको बताए । ‘राष्ट्र र जनताको हितमा प्रतिनिधिसभा विघटन भएको छ,’ उनले भने, ‘तानाशाही ब्यवस्था नभई मुलुकलाई अस्थिरताबाट जोगाउन ताजा जनादेशमा जानुको विकल्प छैन ।’

मन्तव्यकै क्रममा बाँस्कोटाले आमागी चुनावमा प्रचण्ड–माधवले जनताको मत पाउनु सट्टा खरानी मात्रै पाउने बताए । संघको २ र प्रदेशका ४ वटा गरी काभ्रेका ६ वटै निर्वाचन क्षेत्रमा समेत आफुहरुले जित्ने उनको दाबी छ । ‘प्रचण्ड–माधव पक्षको हरेक निर्वाचन क्षेत्रबाट ८ हजारभन्दा बढी मत आउँदैन,’ उनले भने, ‘मैले आज बोलेको कुरा नोट गरि राख्नोस्, निर्वाचनमा उनीहरु (प्रचण्ड–माधव पक्ष) हालत कहाँ पुग्छ ? चौथो पार्टी पनि हुन मुस्किल हुनेछ ।’

काँग्रेसले पनि चियाउनु पर्दैन
‘हामीलाई काभ्रेमा नेपाली काँग्रेसले पनि चियाउनु पर्दैन, नेकपा फुटी हाले चुनाव हामीले जित्छ सोच्नु भएको होला, तर जित्ने अवस्था छैन, लोकतन्त्र हो कोसिस गर्दा चाहिँ हुन्छ ।’ उनले थपे ।

माधव नेपालले १५ वर्ष महासचिव भएर पार्टी चलाउँदा तत्कालीन जनमोर्चाको ९ सिट हारहारिमा पु¥याएको तर जनताबाट छानेर राजनेता भएको प्रधानमन्त्री ओलीले नेतृत्व समहाल्ने वित्तिकै १५४ सिट झण्डै दुइ तिहाइ जित्न सफल भएको उनले बताए । त्यस्तै, माधव नेपालको पछि लागेर नेतृत्वको विकास नहुने दाबी उनले गरे ।

 

प्रचण्ड–माधव कायर
उनले माधव नेपाल जनताको सामु गएर निर्वाचनमा लड्न डराएर खिलराज रेग्मीको तरिकाबाट प्रधानमन्त्री हुन खोजेको आरोप लगाए । बाँस्कोटाले माधव नेपाल कैची भएको बताउँदै त्यसले आफु पनि नजित्ने र कम्युनिष्टलाई पनि जित्न नदिइ काँग्रेसलाई जिताउने बताए । ‘प्रचण्ड–माधव कायर हुन्,’ उनले भने, ‘यदि कायर नभएको भए खुलमटारमा लुकेर पार्टी फुटाउने खेल खेल्दै मुलुलकलाई अस्थिरतातिर लैजाने थिएन, चुनावमा आउने हिम्मत गर्ने थियो ।’

त्यसैगरी, उनले पुर्व न्यायधीसहरुतर्फ लक्षित गर्दै सकिन्छ भने खुल्ला राजनितिमा आएर चुनाव लड्न चुनौती दिए । बहालवाला न्यायधीसले फैलास गर्ने हुँदा पुर्वन्याधीसहरु संसद विघटन असंवैधनिक भयो भनेर बोल्नुको कुनै अर्थ नभएको बताए ।

नेपालको नयाँ नक्सा सार्वजानिक गरेपछि प्रचण्ड–माधव विदेशी दलालसँग मिलेर अध्याँरो कोठामा बैठक बसेर प्रधानमन्धी ओलीलाई सिध्याउन लागेको अरोप लगाए । केपी ओली लिम्पियाधुरा, कलापानी नेपालको हो भनेर हिम्मतका साथ बोल्ने एकमात्र राजनेता भएको बताए ।

कि राष्ट्रवादीतिर कि आफ्नै घर प्वाल पर्नेतिर माया लाउनोस्
कार्यक्रममा बाँस्कोटाले नेता कार्यकर्तालाई पनि स्पष्ट रुपमा कुन पक्षको हो खुलाएर लाग्न आग्रह गर्दै भने, ‘लालुपात्ते लुइक्यो भुइतिर… गीतले भने झैँ कि राष्ट्रवादीतिर माया लाउनोस कि आफ्नै घर प्वाल पर्नेतिर माया लगाउनोस्, बीचमा बसेर ढुङ्गा तरिदैन ।’

उनले प्रधानमन्त्री ओलीले सरकारले विकासका अनगिन्ती काम गरेको बताउँदै काभ्रे जिल्लाको पनि विकास र समृद्धीका लागि राष्ट्रिय गौरवका आयोजनाहरु शुरु भएको बताए ।

सम्बन्धित खबरहरु