ला लिगाः बार्सिलोनाले शानदार जित निकाल्दा रियल मड्रिड बरबरीमै चित्त बुझाइयो

काठमाडौँ/ स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित हासिल गरेको छ । गएाति भएको खेलमा बार्सिलोनाले ग्रानडालाई ४–० गोल अन्तरले पराजित गरको हो ।

बार्सिलोनाको जितमा लियोनेल मेसी र एन्टोनी ग्रीजम्यानले २–२ गोल गरे । खेलको ७२औ मिनेटमा ग्रानडाका जिसस भालेजोले रातोकार्ड पाएर मैदान छोड्दा ग्रानडा १० खेलाडीमा सिमित भएको थियो ।

यस खेलमा दुई गोल गरेसँगै मेसीले यो सिजनमा ११ गोल गरेका छन् । साथै मेसी ला लिगामा लगातार १५ सिजनसम्म १० भन्दा बढी गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

यो जितपछि बार्सिलोना ला लिगामा तेस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाको १८ खेलमा ३४ अंक भएको छ भने शिर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडभन्दा ४ अंकले पछाडी छ तर एटलेटिकोले ३ खेल कम खेलेको छ। त्यस्तै ग्रानडाको भने १७ खेलमा २४ अंक रहेको छ र लिगमा सातौ स्थानमा रहेको छ।

यस्तै गएराति नै भएको अर्को खेलमा रियल मड्रिडलाई ओसाउनाले गोलरहित बराबरीमा रोकेको छ ।

सम्बन्धित खबरहरु