रियल मड्रिड स्पेनिस सुपर कपको सेमिफाइनलबाटै बाहिरियो

काठमाडौं/ डिफेन्डिङ च्याम्पियन रियल मड्रिड स्पेनिस सुपर कपको सेमिफाइनलबाटै बाहिरिएको छ । बिहीबार राति भएको खेलमा एथ्लेटिक बिल्वाओले रियललाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

एथ्लेटिकको जितमा दुवै गोल राहुल गार्सियाले गरे । रियलका करिम बेन्जेमाले एक गोल फर्काए पनि फाइनल पुग्न पर्याप्त रहेन ।

अब एथ्लेटिकले उपाधिका लागि सोमबार बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि पहिलो सेमिफाइनल खेलमा रियल सोसिडाडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै बार्सिलोनाले फाइनल यात्रा तय गरिसकेको छ ।

सम्बन्धित खबरहरु