राष्ट्रियसभाका १ सदस्यसहित ६ जनामा कोरोना पुष्टि, हिउँदे अधिवेशन आज ४ बजे बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रियसभाका एक सदस्यसहित ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संघीय संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार राष्ट्रियसभाका १ सदस्य र ५ जना कर्मचारीलाई कोरोना संक्रमण भएको जानकारी दिए ।

बिहीबार ९७ जनाको कोरोना परीक्षण गरिएकोमा ४१ जना सांसदले पनि कोरोना परीक्षणका लागि स्वाब बुझाएका थिए ।

राष्ट्रियसभाको हिउँदे अधिवेशन आज दिउँसो ४ बजेदेखि बस्दैछ । प्रतिनिधिसभाको विघटन गत पुस ५ गते नै विघटन भइसकेको छ । प्रतिनिधिसभा विघटन भएपछि पहिलो पटक राष्ट्रियसभाको बैठक बस्न लागेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा आजको लागि संसद् अधिवेशन बोलाएकी हुन् । एक सांसद र पाँच जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपनि अधिवेशन चल्ने धमलाले बताए ।

सम्बन्धित खबरहरु