योगेशलाई लक्षित गर्दै ओलीको टिप्पणी:बैगुनी केटाले पुक्क लात्ताले हानेर भाग्यो, योगेशको जवाफः तपाईंको स्तर थाहा पाएँ, खुसी लाग्यो

काठमाडौँ । प्रधानमन्त्री ओलीले नेपाल–प्रचण्ड समूहमा लागेका स्थायी समिति सदस्य योगेश भट्टराईलाई लक्षित गर्दै आफूले जनतासँगको वाचाअनुसार मन्त्री बनाए पनि धोका दिएको बताए । शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

‘बैगुनी केटाकेटीको बारेमा धेरै कुरा गर्न चाहन्न, हाम्रै प्रदेशमा पनि त्यस्ता देखिएका छन् । दौडीदौडी गएर, भोट मागेर, यो केटालाई जिताएर पठाउनुस्, मन्त्री बनाएर पठाइदिन्छु भनेर मन्त्री बनाइयो । एक दिन त पुक्क लात्ताले हानेर भाग्यो, को भन्दा त उही केटो,’ ओलीले भने ।

यो पनि पढ्नुहोस्

संसद विघटनपछि पहिलो पटक बोले सुवास नेम्वाङ: ‘संसद् विघटन गर्ने संवैधानिक व्यवस्था छैन भनेर भिडियोमा पत्रकारलाई प्रशिक्षित गर्न बोलेको हुँ’

वकिलहरूलाई प्रधानमन्त्रीको प्रश्नः मन्त्रिपरिषद्ले निर्णय गर्दा संविधान र कानुन उल्लेख गर्नुपर्छ भन्ने कहाँ लेखेको छ ?

विघटित संसद पुनस्र्थापना गर्छु भन्नु मरेको लासलाई ब्युझाउछु भने जस्तै हो– गोकुल बाँस्कोटा

प्रधानमन्त्री ओलीमा हिटलर र मुलुकको तानाशाह बन्ने भूत चढेको छ – हितमान शाक्य

योगेशको जवाफः तपाईंको स्तर थाहा पाएँ, खुसी लाग्यो
प्रधानमन्त्री ओलीको कटाक्षपछि शनिबार राति भट्टराईले सोसल मिडियामार्फत प्रतिक्रिया जनाएका छन् ।

भट्टराईले लेखेका छन्, ‘केटा र केटीहरूको रगत, पसिना र मिहिनेतको जगमा खडा भएको व्यवस्थामै यहाँले कुर्सी प्राप्त गर्नुभएको हो । केटो भनिपाउँदा मलाई दुःख छैन । तपाईंको स्तर थाहा पाएँ, खुसी लाग्यो ।’

सम्बन्धित खबरहरु