माधव नेपालले भने – ओली झुटको पुलिन्दा हो, उनको सबै गलत फेहरिस्त ल्याउनुहोस्

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकाअध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली झुटको पुलिन्दा भएको आरोप लगाएका छन् । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।

‘केपी ओली झुटको पुलिन्दा हो । उहाँले एकै दिन एउटा पद तीनजनालाई दिन बाड्न सक्छन्,’ उनले भने, ‘उहाँले प्रचण्ड र मलाई भर्‍याङको रुपमा मात्रै प्रयोग गर्नुभयो ।’

अध्यक्ष नेपालले ओलीलाई प्रतिगमनको प्रतीकको संज्ञा दिए। ‘ओली प्रतिगमनको प्रतीक हो,’ उनले भने, ‘ओरिजिन एमाले भनेको माधव नेपाल हो । तर, अब त्यता फर्किने बेला होइन ।’

उनले सबैको साझा उद्देश्‍य परिवर्तनको रक्षा भएको दाबी गरे । ‘हामी सबैको उद्देश्य एउटै हो । यात्रामा तपाईंहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । तपाईहरुले सकारात्मक भूमिका खेल्नुहोस्,’ नेपालले भने, ‘अहिले साइबर सेना बनेको छ रे । तपाईंहरु त्यसविरुद्ध लाग्नुहोस् ।’

उनले आफू निकटका पत्रकारहरुलाई ओलीको झुटो कुरालाई खोजी खोजी बाहिर ल्याउन आग्रह समेत गरे । उनले भने, ‘तपाईहरु खोजी पत्रकारितमा लाग्नुहोस्, ओलीको सबै गलत फेहरिस्त ल्याउनुहोस् ।’

सम्बन्धित खबरहरु